माइधारमा मगर संघको कार्यक्रम « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

माइधारमा मगर संघको कार्यक्रम


यलम्वर टाइम्स
२ माघ २०७३, आईतवार ११:४७

16117542_895431320593861_1077819617_nमाइधार / मगर जातिहरुले मनाउँदै आएको ल्होसार नयाँ वर्ष ५०१० को अवसर पारेर नेपाल मगर संघले विभिन्न चेतनामूलक काम गर्दै अक्षयकोष दाता फर्सबहादुर काउछा मगरलाई सम्मान गरेको छ ।

मगर संघ जिल्ला कार्यालय माइधारमा प्रमुख अतिथि मगर बुद्धिजीवि दलबहादुर पुलामीको हातबाट सम्मानित काउछालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । काउछाले मगर जातिका लागि एक लाख अक्षयकोष खडा गरेका थिए । कार्यक्रममा चन्द्र लुङ्गेली मगर, खेमकुमार आले मगर, वेद थापा मगर, दलबहादुर सिन्जाली, ज्ञानबहादुर मगर र टीकाराम पिठाकोटे मगर आदिले आफ्नो जातिले मनाउँदै आएको नयाँ वर्षलाई राज्यले नै सम्मान नगरेकोमा दुःख व्यक्त गरे ।

सोही दिन बौद्ध विहारमा शान्तिको कामना गर्दै सांगीतिक कार्यक्रम समेत गरेका थिए । जिल्ला अध्यक्ष सुन्दर मगरको सभापतित्वमा भएको कार्यक्रममा स्वागत टेकबहादुर राना मगर र सञ्चालन मानबहादुर पूर्वछाने मगरले गरेका थिए ।