जलाधार क्षेत्रमा चरीचराउ नगराईदिन आग्रह « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

जलाधार क्षेत्रमा चरीचराउ नगराईदिन आग्रह


यलम्वर टाइम्स
९ माघ २०७३, आईतवार ०६:५७

शनिअर्जुन / बिरिङ जलाधार संरक्षण तथा व्यवस्थापन ब्लक नं. ७ ले जलाधार क्षेत्रमा चरीचराउ नगराईदिन आग्रह गरेका छन् ।

जलाधार क्षेत्र अन्तर्गत कम्पनी आसपास नजिक रहेको स्थानमा गाईभैंसी र गोरु छाडा छोडी रोपिएका बिरुवालाई तहसनहस गर्ने काम भएको हुँदा त्यसो नगरिदिनुहुन अध्यक्ष युवराज पौडेलले सबैमा आग्रह गरेका हुन् । उक्त ठाउँमा बर्खाको समयमा बाँस र अन्य जातका बिरुवा रोपि हुर्कदै आएको थियो । यसरी आग्रह गर्दा पनि बेवास्था गरे सम्बन्धित निकायमा निवेदन गरिने समेत जानकारी गराए ।

वृक्षरोपण कार्यक्रममा त्यसबेला नगर अधिकृत रुद्र न्यौपानेले जलाधार आसपासमा रोपिएका बिरुवा हुर्काउने जिम्मा जलाधारको हो । रोपिएपछि पनि स्थानीयहरुले अटेर गरी चरीचराउ गराए नगरपालिका मार्फत प्रशासनलाई पत्र दिनुहोस् हामी कारवाही गर्छौ भन्दै त्यस बेला सबैलाई सचेत गराएका थिए । अध्यक्षले स्मरण गर्दै भने –‘हामी पुनः सूचना गरेका छौं हाम्रो सूचनालाई बेवास्ता गरी भएका बोटबिरुवा मारिने कार्य भएमा संस्थाको नियम अनुसार प्रशासन ढकढकाउन बाध्य हुने अध्यक्ष पौडेलले बताए ।