बिर्तामोडमा अफिफा हेल्थ क्लिनिकको सेवा « Yalambar Times
६ जेष्ठ २०८१, आईतवार

बिर्तामोडमा अफिफा हेल्थ क्लिनिकको सेवा


यलम्वर टाइम्स
९ माघ २०७३, आईतवार ०७:४२

1बिर्तामोड / झापाको बिर्तामोड–१ देवी पञ्चकन्या प्लटिङमा शनिवारबाट अफिफा हेल्थ क्लिनिकले सेवा शुरु गरेको छ ।

स्वास्थ्य क्लिनिक, पोलिक्लिनिक र डायग्नोष्टिक सेन्टरको अनुमति लिएर सेवा शुरु गरेको अफिफा हेल्थ क्लिनिकको इस्लामिक विधि अनुसार ‘दुआ’ वाचन गरेर उद्घाटन गरियो । क्लिनिकका सञ्चालक डा. नवाब अलामले क्लिनिकबाट जटिल बाहेक आकस्मिक सबै रोगको उपचारका साथै इसीजी र आधुनिक प्याथोलोजी सेवा उपलब्ध गराइने जानकारी दिए ।
नियमित रगत परीक्षण गर्नुपर्ने मधुमेह, थाइराइड, जण्डिस, टाइफाइड लगायतका विरामीलाई लक्षित गरी ल्याब सेवा शुरु गरिएको डाक्टर आलमले बताए ।

बिर्तामोडका अन्य हस्पिटल र क्लिनिकको तुलनामा कम्ती शुल्कमा अफिफा क्लिनिकले सेवा दिने डा. आलमले बताए । पाकिस्तानबाट एमवीवीएस गरेका डा. आलम सिनियर जनरल फिजिसियन हुन् ।

उनले एक बर्ष काठमाडौं, दुई बर्ष मोरङ तथा ९ बर्षदेखि बिर्तामोडमा स्वास्थ्य सेवा पु¥याउँदै आएका छन् । डाक्टर आलमले कनकाई, मनमोहन, कञ्चनजंघा जस्ता हस्पिटलमा सेवा पु¥याइसकेका छन् । ‘होल्ड बडी’ स्वास्थ्य परीक्षण समेत हुने क्लिनिकको ल्याब विभाग वीएमएलटी रोहित साहले सम्हालेका छन् । क्लिनिक उद्घाटनमा गुरु कारी मोख्तारले इस्लामिक विधि पाठ गरेका थिए ।

सो अवसरमा जमिअत उलेमा नेपालका महासचिव मुफ्ती कलिम सिद्दिकीले शुभकामना व्यक्त गरेका थिए । डा. आलमका अनुसार शनिवार ओपीडी र मधुमेह रोगीको निःशुल्क रगत परीक्षण गरिएको थियो भने अन्य सेवामा ३० प्रतिशत छुट प्रदान गरिएको थियो ।