आज रुपन्देही–११ र त्रिभुवन आर्मी भिड्दै « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

आज रुपन्देही–११ र त्रिभुवन आर्मी भिड्दै


यलम्वर टाइम्स
१८ माघ २०७३, मंगलवार ०६:४५

gn3_1532274649बिर्तामोड / झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज (मङ्गलबार) हुने खेलमा रुपन्देही–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब आमने–सामने हुँदैछन् ।

खेल डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ । जीत निकालेर सेमिफाइनल पुग्ने लक्ष्यका साथ यी दुई टोली मैदान उत्रनेछन् । आर्मी अघिल्लो संस्करणको झापा गोल्डकपको च्याम्पियनसमेत हो । आर्मी राष्ट्रिय खेलाडीले भरिएको टोली हो ।

आर्मीका खेलाडी भरत खवास, नवयुग श्रेष्ठ, विकेश कुथु लगायतको खेल हेर्न आज (मङ्गलबार) दर्शकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।
एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् । मोफसलकै सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगिता माघ २४ गतेसम्म चल्नेछ ।