जलेश्वरधामको ४१ औं अनुष्ठानको तयारी पूरा « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

जलेश्वरधामको ४१ औं अनुष्ठानको तयारी पूरा


यलम्वर टाइम्स
१५ मंसिर २०८०, शुक्रबार १०:५७

अर्जुनधारा । पूर्वको प्रसिद्ध धार्मिक स्थल अर्जुनधारा जलेश्वरधाममा मंसिर १७ गतेदेखि हुने ४१ औँ वार्षिक अनुष्ठानको तयारी पूरा भएको छ ।

बाला चतुर्दशीको अवसरमा आयोजित अनुष्ठानको सम्पूर्ण तयारी पूरा भएको धाम समितिले जनाएको छ । अनुष्ठानलाई यो वर्षलाई ऐतिहासिक बनाउने उद्देश्यले श्रीमद् देवी भागवत नवाह महापुराण आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अनुष्ठान मंसिर २५ गते समापन हुनेछ । अनुष्ठानमा पतञ्जली योगपीठ हरिद्वार भारतका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण पनि सहभागी हुने छन् । उनी मंसिर २४ गते धाममा आउने अध्यक्ष नवीन गट्टानीले बताए ।

धामका महासचिव शिवलाल खतिवडाका अनुसार आचार्य बालकृष्णले खडेबाबा स्मृति उद्यानको उद्घाटन गर्ने छन् । अनुष्ठानमा अनुमानित ४० लाख खर्च हुने र एक करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको महासचिव खतिवडाले बताए ।

हरेक वर्ष दर्शनार्थीको भीड बढ्दै गएको अवस्थामा भूमि विस्तारलाई निरन्तरता दिने उद्देश्य राखेर जलेश्वर धामले अनुष्ठान आयोजना गरेको कोषाध्यक्ष मनोज जोशीले बताए ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष भीमचन्द्र भट्टराई, प्रचार समितिका संयोजक रमेश त्रिखत्री, धामका मूल अर्चक अग्नी सिग्देलले पुराणका विषयमा आफ्ना धारणा राखेका थिए ।