जेसीजको सिद्धान्त लोभलाग्दो छः वडाध्यक्ष खतिवडा « Yalambar Times
३१ बैशाख २०८१, सोमबार

जेसीजको सिद्धान्त लोभलाग्दो छः वडाध्यक्ष खतिवडा


यलम्वर टाइम्स
१३ पुष २०८०, शुक्रबार १२:३१

अर्जुनधारा । जेसीजको सिद्धन्त लोभलाग्दो रहेको अर्जुनधारा वडा नं. ७ का वडाध्यक्ष गोबिन्द खतिवडाले बताएका छन् ।

अर्जुनधारा जेसीजको वार्षिक साधारणसभा तथा १२ औ अधिवेशनलाई सम्बोधन गर्दै वडाध्यक्ष खतिवडाले यस्तो बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका खतिवडाले जेसीजको एक पद, एक कार्यकालको सिद्धान्तको सबैले अनुशरण गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै खतिवडाले युवाहरूलाई विभिन्न तालिमहरूको माध्यमबाट उनीहरूमा भएको क्षमतालाई उजागर गर्न सक्नुपर्नेमा जोड दिए ।

जेसीज अध्यक्ष प्रेम खड्काको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष इन्दिवर खड्का, वर्ष १५ का अध्यक्ष दिपीन राई, १७ का प्रल्हाद ढुंगाना, १८ का अजय देव, १९ का टीआर गौतम, २१ का अध्यक्ष तथा राष्ट्रिय कार्यकारी उपाध्यक्ष भीम कुँवर, मानार्थ सदस्य चतुर्भुज काफ्ले, नेकपा एमाले नगर इन्चार्ज दिपेन्द्र लम्साल, नेपाल रेडक्रस सोसाईटी खुदुनाबारीका सभापति मुकुन्द भण्डारी लगायतको आतिथ्य रहेको थियो ।

कोषाध्यक्ष बसन्त बुढाथोकीको संयोजकत्वमा भएको कार्यक्रममा स्वागत कार्यकारी बालगोपाल गौतम, मिसन भिजन जीएलसी प्रजित थापाले र आस्था वाचन बिमला भट्टराईले गरेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव बेदनारायण गोदारले गरेका थिए । अधिवेशन दुई दिनसम्म सञ्चालन हुनेछ । पहिलो दिन उद्घाटन सत्रसँगै उम्मेद्वारहरुलाई वर्ष १५ का अध्यक्ष दिपीन राईले अर्जुनधारा जेसीजको स्थापना बारे, राष्ट्रिय उपाध्यक्ष योगेश राजवंशी र वर्ष २२ का कार्यकारी उपाध्यक्ष दिपेन्द्र निरौलाले नेतृत्व, व्यक्तित्व बारे तालिम प्रदान गरिएको वर्ष २४ का राष्ट्रिय कार्यकारी उपाध्यक्ष भिमबहादुर कुँवरले गरेका थिए ।

उनका अनुसार भोली शनिबार निर्वाचनका कार्यक्रमहरु सञ्चालन हुने तालिका रहेको छ ।