शनिश्चरे बहुमुखी क्याम्पसमा सञ्चालन समिति र प्राध्यापक बीच अन्तर सम्वाद « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

शनिश्चरे बहुमुखी क्याम्पसमा सञ्चालन समिति र प्राध्यापक बीच अन्तर सम्वाद


यलम्वर टाइम्स
१६ पुष २०८०, सोमबार ०६:०८

अर्जुनधारा । शनिश्चरे बहुमुखी क्याम्पसले क्याम्पस सञ्चालन समिति र प्राध्यापक बीच अन्तर सम्वाद कार्यक्रम गरेको छ ।

क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि र क्याम्पसको विकासका विषयमा अन्तरक्रिया भएको थियो । अन्तर सम्वाद कार्यक्रममा क्याम्पस प्रमुख मोहन ओलीले प्राध्यापक, क्याम्पसका समस्या र समाधानका विषयमा कार्यपत्र पेश गरेका थिए ।

क्याम्पस प्रमुख ओलीले कार्यपत्रमार्फत क्याम्पसको विशिष्ट उद्देश्य, मूख्य समस्या र चुनौतिका विषयमा जानकारी गराएका थिए ।

अन्तर सम्वाद कार्यक्रममा समस्या तथा चुनौति समाधानका उपाय र प्राध्यापक कर्मचारीको वृत्ति विकासका विषयमा पनि बृहत छलफल भएको थियो ।

क्याम्पस सञ्चालन समितिका अध्यक्ष हेमराज खरेलको सभापतित्वमा भएको अन्तर सम्वादमा प्राध्यापकहरुको तर्फबाट प्राध्यापक संघका सभापति दिनेशकुमार बास्कोटा, नारायणप्रसाद पौडेल, तेजस्वी पौडेल, लक्ष्मी रिजाल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा लोकनाथ गौतम, प्रेमसागर सापकोटा, वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडा, लीला राई, गीताकुमारी राई, लोकमान श्रेष्ठ, मोहनलाल पौड्याली लगायतले समस्या र समाधानका विषयमा आफ्नो धारणा राखेका थिए ।

अन्तर सम्वादमा क्याम्पसलाई नमूना बनाउन सबै लाग्ने धारणा राखेका थिए ।