नयाँ बसपार्कलाई सुरक्षित राख्न एलओडी लाईट जडान « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

नयाँ बसपार्कलाई सुरक्षित राख्न एलओडी लाईट जडान


यलम्वर टाइम्स
१८ पुष २०८०, बुधबार १०:४४

अर्जुनधारा । अर्जुनधारा–११ स्थित नयाँ बसपार्क क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि एलओडी लाइट जडान गरिएको छ ।

रातको समयमा दुले चोरको बिगबिगी बढेसँगै सुरक्षाका लागि बसपार्क क्षेत्रमा दुई वटा एलओडी लाइट जडान गरिएको हो । लाइट अर्जुनधारा नगरपालिका, वडा नं. ११, वडा नं. ६ र बिर्तामोड नगरपालिका वडा नं. ५ को समन्वयमा जडान गरिएको थियो ।

‘बसपार्क क्षेत्र सम्वेदनशील क्षेत्र हो’ नगर प्रमुख गोम्देनले भने, ‘यहाँका आम नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्नु नगरको कर्तव्य हो, त्यसलाई मध्यनजर गर्दै लाईट जडान गरेका हौं ।’ नगर प्रमुख गोम्देनका अनुसार लाईट जडानपछि केही हदसम्म चोरीका घटनाहरु न्यूनिकरण हुनेछन् ।

लाइट जडानका क्रममा अर्जुनधारा वडा नं. ११ का अध्यक्ष खगेन्द्र इङ्नाम, वडा नं. ६ का वडाध्यक्ष हरिश्चन्द्र बास्तोला र बिर्तामोड वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाई लगायतको उपस्थिति रहेको थियो ।

नगरका बजार क्षेत्र तथा अन्य चोकहरुमा पनि लाइट जडान गरिदै लैजाने प्रमुख गोम्देनले बताए ।