माननीय इङ्नामको ८४ औं जन्मोत्सव « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

माननीय इङ्नामको ८४ औं जन्मोत्सव


यलम्वर टाइम्स
२० पुष २०८०, शुक्रबार ११:०८

सालबारी । भूपू रापंस शेरबहादुर इङ्नामले शुक्रबार किराँती मुन्धुम अनुसार आफ्नो ८४ औं जन्मोत्सव मनाएका छन् ।

विभिन्न सामाजिक व्यक्तित्वहरुको बृहत उपस्थितिमा किराँत धर्म संस्कार अनुसार अर्जुनधारा–११ स्थित निजी निवासमा जन्मोत्सव मनाएका हुन् । उनीसँगै उनकी धर्मपत्नी रमोती आङ्बुहाङ इङ्नामलाई उपस्थित मान्यवरले फुलमाला, खदा र गुरु दक्षिण प्रदान गरेका थिए ।

१३ जना मुन्धुमी गुरुहरुबाट स्वस्ती शान्तिसँगै शीर उठाउने काम भएको वडाध्यक्ष खगेन्द्र इङ्नामले यलम्वर टाइम्सलाई बताए । माननीयको जन्मोत्सवमा उनले गरेका असल कर्मका विषयमा उपस्थितहरुले चर्चा गरेका थिए ।

पूर्व माननीय, सभासद्, कानुन व्यवसायी, शिक्षकशिक्षिका र इङ्नामका शिष्यहरुको पनि उपस्थिति रहेको थियो । उपस्थित आफन्तले दीर्घायुको कामना समेत गरेका थिए ।