नेतृ पन्धाकलाई राष्ट्रिय जनमुक्ति पार्टीको सहयोग हस्तान्तरण « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

नेतृ पन्धाकलाई राष्ट्रिय जनमुक्ति पार्टीको सहयोग हस्तान्तरण


यलम्वर टाइम्स
२३ पुष २०८०, सोमबार १०:१९

अर्जुनधारा । महिला नेतृ तथा राष्ट्रिय जनमुक्ति पार्टीकी वरिष्ठ केन्द्रीय सदस्य मीना पन्धाकको उपचारका लागि पार्टीले सहयोग प्रदान गरेको छ ।

विगत एक वर्षदेखि क्यान्सर रोगबाट थलिएकी नेतृ पन्धाकको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले पार्टीको विभिन्न तहबाट संकलित २ लाख ५ हजार ४ सय रुपैयाँ उनकै घरमा पुगेर हस्तान्तरण गरिएको थियो ।

उनको उपचारमा जनमुक्ति मञ्च प्रवास शाखा युकेबाट हिमाली राना लगायतबाट ८३ हजार, राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश (लथुम) बाट ३२ हजार ४ सय, अर्जुनधारा नगर समितिबाट ४२ हजार, इलाम माङसेबुङ समितिबाट १६ हजार, इलामको माई नगरपालिकाबाट ११ हजार, अर्जुनधारा वडा नं. ४ समितिबाट ४ हजार र अन्य २ हजार गरी सो रकम प्रदान गरिएको आर्थिक संकलन संयोजक तेजबहादुर योङहाङले जानकारी दिए ।

पार्टीका प्रदेश अध्यक्ष पर्शुराम मगर, प्रदेश उपाध्यक्ष तिलसिंह माङ्मु, प्रदेश सचिव कृष्णकुमार थेवे लगायतको उपस्थितिमा पार्टी केन्द्रीय सचिव गजेन्द्र आङ्बुहाङले उक्त रकम हस्तान्तरण गरेका थिए ।

आर्थिक संकलन संयोजक तथा पार्टी नगर कार्यवाहक अध्यक्ष तेजबहादुर योङहाङले सञ्चालन गरेको रकम हस्तान्तरण कार्यक्रममा पार्टी जिल्ला सचिव पदम लिम्बू, भुपाल राना मगर, सुवास मगर लगायतको सहभागिता रहेको थियो ।

नेतृ पन्धाक बीएण्डसी अस्पतालमा उपचार गर्दै घरमा छिन् । उनको उपचारमा सहयोग गर्नका लागि उनका भदैनी सूर्यमाला पन्धाकको एनआईसी एसीया बैंकको बिर्तामोड शाखामा रहेको खाता नं. ०९५७०३१६४०९५२४०१ मा सहयोग गर्न देशी, विदेशी शुभचिन्तकहरुमा आग्रह गरेका छन् ।