असल नागरिक उत्पादन गर्ने थलो राष्ट्र सेवा दलः उपरथी तामाङ « Yalambar Times
१६ बैशाख २०८१, आईतवार

असल नागरिक उत्पादन गर्ने थलो राष्ट्र सेवा दलः उपरथी तामाङ


यलम्वर टाइम्स
२ माघ २०८०, मंगलवार ११:१४

याङसिला । पूर्व पृतनाका पृतनापति उपरथी आसबहादुर तामाङले राष्ट्रिय सेवा दल पूर्वी तालिमबाट दिक्षित ५३६ क्याडेटहरुलाई सम्बोधन गर्दै तपाई क्याडेटहरु राष्ट्रका लागि केही गर्ने हिम्मत गर्नुहोस् हामी त्यसलाई सहयोग गर्नेछौं ।

४९ जुनियर डिभिजन तालिमको दोस्रो दिक्षान्त समारोहमा उपरथी तामाङले आजका युवा भोलिका कर्णधार हुन्, त्यसलाई इमानदारिताका साथ अगाडि बढ्नुहोस् जस्तोसुकै समयमा तपाईहरुलाई नेपाली सेनाले सहयोग गर्नेछ ।

राष्ट्रिय सेवा दल कर्तव्य निष्ठ नागरिक उत्पादन गर्ने एउटा दर्बिलो संस्था हो । यस संस्थाले हालसम्ममा ६६ हजार ७ सय ७६ क्याडेट छात्रछात्रा उत्पादन गरिसकेको छ ।

व्यक्तित्व विकास तथा राष्ट्रियताको भावनामा जागृत गराउँदै राष्ट्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएको हुँदा देशले असल नागरिक निर्माण गर्न ठूलो सहयोग पुगेको बताउँदै राष्ट्रिय र राष्ट्रियताप्रति एनसीसीले दिएको योगदान स्मरणीय भएको बताए ।

उनले राष्ट्रिय सेवा दलमा विभिन्न जातजाति, भाषा, संस्कृतिलाई समर्थन गर्ने र सम्मान गर्ने भएको हुँदा एनसीसी तालिम प्राप्त क्याडेटहरुले गाउँ समाजमा देखाएको सत्कर्म प्रशंसनीय भएको हुँदा क्याडेटहरुको हरेक क्रियाकलापमा सेना सहयोगी भएर अगाडि बढ्ने बताए ।

दिक्षान्त समारोह अगाडि सांगीतिक कार्यक्रम भएको थियो । सांगीतिक कार्यक्रममा प्रथम इन्स्पायर इङ्लिस स्कुल, दोस्रो जुविल्याण्ड डिलाइट एकाडेमी, तेस्रो विरेन्द्र मावि भोजपुर, शान्तवना बसन्त मावि, नेपाल पुलिस जानकी मावि रहेका छन् ।

सांगीतिक कार्यक्रममा मारुनी, सन्थाल, तामाङ सेलो, साकेला, सोरठी जस्ता नृत्यहरु प्रस्तुत गरिएको थियो ।

प्रस्तुत नृत्यमा सहभागिहरुलाई उपरथी आसबहादुर तामाङले राष्ट्रियता झल्किएको सन्देश आफूलाई प्राप्त भएको बताउँदै सहभागिलाई सम्मानपत्र प्रदान गरेका थिए ।

दिक्षान्त समारोहको अन्तिम दिन प्रमुख सेनानी शिक्षा अधिकृत राजकुमार बस्नेतले सपथ ग्रहण गराउँदै इमान्दारी र कर्तव्य मूल मन्त्र भएको हुँदा राष्ट्र सेवा दलको भावनालाई नभुल्न आग्रह गरेका थिए ।
सहभागि विद्यालय र उत्कृष्ट हुने छात्रछात्रालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।