धर्म संस्कृतिको उच्चतम् थलो माघे मेलाः प्रमुख थोप्रा « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

धर्म संस्कृतिको उच्चतम् थलो माघे मेलाः प्रमुख थोप्रा


यलम्वर टाइम्स
२ माघ २०८०, मंगलवार ११:१७

माईधार । शिवसताक्षीका नगर प्रमुख मेघाहाङ थोप्रा ‘रोशन’ ले माई मेला संस्कृति झल्किने बिम्ब भएको बताएका छन् ।

माघ १ गते कोक्फेवा तङ्नाम यले सम्वत ५०८४ को अवसरमा किराँत खिजोलुङ माङहिमको प्राङ्गणमा विविध कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

कार्यक्रममा केलाङ, धान नाच र योगदान प्रदान गर्ने अग्रजहरुलाई सम्मानपत्र प्रदान गर्दै प्रमुख अतिथि नगर प्रमुख थोप्राले माघी मेला आदिवासी जनजाति र मौलिकता बोकेका पहिचानवादीहरुको अत्यन्तै आत्मीय पर्व भएको हुँदा माईमा हुने मेलामा विविध जातजातिको धर्म संस्कृति र भेषभूषा पाइने स्थान भएको हुँदा उच्चतम् थलको रुपमा लिन सकिने बताए ।

खिजोलुङ माङहिमका अध्यक्ष लक्ष्मी योङहाङको सभापतित्वमा भएको कार्यक्रममा सामाजिक योद्धा तथा जनमुक्तिका संस्थापक उपाध्यक्ष चन्द्रप्रसाद योङया, सुवेदार कृष्णध्वज लिङ्देन, भवानी सेलिङ लगायतका व्यक्तिहरुलाई सम्मान प्रदान गरिएको थियो । भने प्रतियोगितात्मक धान नाचको आयोजना समेत भएको थियो ।

धान नाचमा नगर प्रमुख थोप्रा सरिक हुँदा उपस्थितहरुले चाख लिएर सहभागि भएका थिए ।

भवानी सेलिङले स्वागत गरेको कार्यक्रममा सञ्चालन विचार लावतीले गरेका थिए । यसरी नै नेपाल मगर संघले पनि विभिन्न कार्यक्रमको आयोजना गरि माघे संक्रान्ति र ५०१७ मिनाम ल्होसार मनाएको छ ।

संघका अध्यक्ष विकास थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संगीतकार शिवशंकर थापा रहेका थिए ।