यायोक्खा अर्जुनधाराले यले सम्वत ५०८४ मनायो « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

यायोक्खा अर्जुनधाराले यले सम्वत ५०८४ मनायो


यलम्वर टाइम्स
२ माघ २०८०, मंगलवार ११:२३

अर्जुनधारा । किराँत राई यायोक्खा अर्जुनधाराले यले सम्वत ५०८४ विविध कार्यक्रमका साथ मनाएको छ ।

यायोक्खा भवनमा आयोजित कार्यक्रममा किराँती संस्कारका खेल र यले सम्वतका विषयमा अन्तरक्रिया भएको थियो ।

नयाँ सम्वतको स्वागत गर्दै कार्यक्रमको उद्घाटन किरात राई यायोक्खा जिल्ला अध्यक्ष गणेश राईले गरेका थिए ।

उद्घाटन कार्यक्रममा अध्यक्ष राईले इतिहास जीवित रहेसँगै किराँतीहरुले मानेको सम्वत पनि जीवित नै रहेको छ ।

यतिका तथ्य रहँदारहँदै पनि एक जातीय शासकले पहिचानलाई बिर्सिएर अतिवाद लागू गरेको हुँदा मान्य नहुने बताए ।

प्रमुख अतिथि समेत रहेका राईले समाजसेवी मीना राई, उत्कृष्ट विद्यार्थी लगायतलाई सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा अग्रज पत्रकार दिपीन राई, यायोक्खा जिल्ला सदस्य गौरीमान राई, जिल्ला सल्लाहकार समर राई, थारु कल्याण समितिका सिर्जलाल चौधरी लगायतले शुभकामना मन्तव्यसँगै यले सम्वतका विषयमा आ–आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा जिल्ला सदस्य तथा सल्लाहकार क्या. शिवकुमार राईले किराँत सम्वतका विषयमा इतिहासमा भएका भनाइ राख्दै किराँतभित्र मेचे, चौधरी, धिमाल, शेर्पा समेत रहेको बताए ।

यायोक्खा नगर अध्यक्ष विजय साम्पाङको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सल्लाहकार कुसुम राई, भरतसिंह राई, जिल्ला सदस्य मानबहादुर राई लगायतको आतिथ्य रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिव सिंहबहादुर राईले गरेका थिए ।