जुकेखाडीका उपाध्यक्ष ओलीको निधन « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

जुकेखाडीका उपाध्यक्ष ओलीको निधन


यलम्वर टाइम्स
६ माघ २०८०, शनिबार ०१:३०

मदनपुर । जुकेखाडी सामुदायिक वन उपभोक्ता तथा सरसफाई समूहका उपाध्यक्ष नविन ओलीको निधन भएको छ ।

नेपाली कांग्रेसका नेता हाक्की स्वाभावका ओली गत केही महिनादेखि पेटको रोगले थलिएर घरैमा औषधी उपचार गर्दै आराम गरेका थिए ।

ओलीको एक्कासी रक्तचाप घटेपछि घरैमा निधन भएको वनका लेखा प्रमुख हरि खतिवडाले जानकारी दिए । उनी समाजका अभिभावक मात्र होइन दुःख, कष्ट आइपर्दा सहयोगी थिए ।

सामुदायिक वनको उपाध्यक्ष भएपछि समूहलाई सहयोग गर्न र सरल छरितो तरिकाबाट उपभोक्ताहरुलाई काठ दाउरा उपलब्ध गराउन क्रियाशिल थिए ।

उनको निधनपछि उपस्थित मलामीजनले पुष्प अर्पण गर्दै असल अभिभावक गुमेको प्रतिक्रिया दिए भने सामुदायिक वनसँगै नेपाली कांग्रेस पार्टीले झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।