जुकेखाडी सामुदायिक वनको निर्वाचन सम्पन्न, ८३.०९ प्रतिशत मत खस्यो « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

जुकेखाडी सामुदायिक वनको निर्वाचन सम्पन्न, ८३.०९ प्रतिशत मत खस्यो


यलम्वर टाइम्स
५ चैत्र २०८०, सोमबार १२:१०

अर्जुनधारा । जुकेखाडी सामुदायिक वन उपभोक्ता तथा सरसफाई समूहको निर्वाचनमा सोमबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

बिहान ८ बजेबाट सुरु भएको निर्वाचनमा उपभोक्ता मतदाताहरु उत्साहित रुपमा सरिक भएका थिए ।

वनको कार्यालय परिषर र शिवनारायण प्राविमा गरी २ मतदान केन्द्रमा निर्वाचन गरिएको निर्वाचन समितिका प्रमुख दिपीन राईले जानकारी दिए ।

प्रमुख राईका अनुसार जुकेखाडी वन कार्यालय मतदान केन्द्रमा १९९२ मतदाता र शिवनारायण प्रावि मतदान केन्द्रमा १६२२ गरी कुल ३६१४ मतदाता रहेका छन् ।

सोमबार साँझ ४:३० बजेसम्म भएको निर्वाचनमा कुल ३ हजार ३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यो कुल मतदाता संख्याको ८३.०९ प्रतिशत हो ।

५ क्षेत्र वर्गीकरण गरिएको जुकेखाडी सामुदायिक वनको क्षेत्र नं. १ कुल ७७२ मत रहेकोमा ६६० मत खसेको बताइएको छ भने क्षेत्र नं. २ मा कुल ३७८ मत रहेकोमा ३१२ मत झरेको बताइएको छ ।

त्यस्तै क्षेत्र नं. ३ मा ८४२ मतमा ६७७ मत गरेको निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले बताए ।

शिवनारायण प्रावि मतदान केन्द्र अन्तर्गत क्षेत्र नं. ४ मा १०७८ मतमा ९२९ मत खसेको र क्षेत्र नं. ५ मा कुल मत ५४४ रहेकोमा ४२५ खसेको निर्वाचन अधिकृत हरि वाग्लेले जानकारी दिए ।

मत गणना आजै बेलुकाबाट सुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।