जुकेखाडी वनको अध्यक्षमा मोहन श्रेष्ठ निर्वाचित « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

जुकेखाडी वनको अध्यक्षमा मोहन श्रेष्ठ निर्वाचित


यलम्वर टाइम्स
६ चैत्र २०८०, मंगलवार १०:३१

अर्जुनधारा । जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मोहन श्रेष्ठ निर्वाचित भएका छन् ।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नरेन्द्र मिश्रलाई ६२० मतान्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले १८०१ मत प्राप्त गरेका थिए भने उपविजेतामा सीमित नरेन्द्रप्रसाद मिश्रले ११८१ मत पाएका थिए ।

त्यस्तै अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार भोलानाथ पौडेलले २२३ मत प्राप्त गरेको निर्वाचन आयोगका सदस्य जीवन भण्डारीले जानकारी दिए ।

यसरी नै समितिको उपाध्यक्षमा लक्ष्मीराम तिम्सिना विजयी भएका छन् । उनले १४०७ मत प्राप्त गरेका थिए ।

सचिवमा उर्मिला कटुवाल अधिकारी (१४४१), सहसचिवमा सोमनाथ चापागाईं (११४४),कोषाध्यक्षमा मनिला जवेगु इङ्नाम लिम्बू (१५३१) मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा नरेन्द्रप्रसाद ओझा, कृष्णप्रसाद बास्कोटा, यमनाथ पराजुली, यमबहादुर थापा, ज्ञानबहादुर कार्की, अनिता खतिवडा, निरुता लिम्बू, सरस्वती थापा, नारायणी कुमारी सुवेदी र सविता कुमारी धौलाकोटी विजयी भएका छन् ।

सोमबार सम्पन्न चुनावमा ८३.०९ प्रतिशत मत खसेको मुख्य निर्वाचन आयुक्त दिपीन राईले जानकारी दिए ।

मुख्य निर्वाचन आयुक्त राईले निर्वाचित पदाधिकारी, सदस्यहरुले के कति मत प्राप्त गरे र को को निर्वाचित भए भन्ने विषयमा जानकारी गराएका थिए ।

निर्वाचन समिति सदस्य हरि वाग्लेले सञ्चालन गरेको निर्वाचन समापन कार्यक्रममा जीवनकुमार भण्डारीले निर्वाचनका बारेमा जानकारी गराएका थिए ।

सोही अवसरमा नवनिर्वाचित अध्यक्ष मोहन श्रेष्ठ लगायत सिङ्गो टिमलाई राजनीतिक दलका प्रतिनिधिहरुले बधाई तथा शुभकामना प्रदान गरेका थिए ।