जेसीजले दियो विद्यार्थीलाई शैक्षिक सामाग्री « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

जेसीजले दियो विद्यार्थीलाई शैक्षिक सामाग्री


यलम्वर टाइम्स
२७ चैत्र २०७४, मंगलवार ०७:४३

विर्तामोड । वीरता लेडी जेसीजका पदाधिकारीहरुको जन्मउत्सवको अवसर पारेर विराट आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

सोमवार विद्यालय परिषरमा आयोजित एक कार्यक्रमकाबीच जेसीजले विद्यालयमा अध्ययनरत ३१ जना बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

चैत महिनामा जन्मदिन पर्ने जेसीजका ५ जना सदस्यहरु कामना उप्रेती, यसोधा उप्रेती, युनिता दवाडी, सरु खनाल र सुमित्रा भट्टराईको जन्मदिनमा गरिने खर्च कटाएर उनीहरुलाई शैक्षिक साम्रागी वितरण गरिएको लेडी जेसीज अध्यक्ष नम्रता ढकालले बताइन् ।

उनीहरुलाई स्टेसनीका सामानहरु ब्याग, कलम, कपिलगायत २५ हजार बराबरको सामग्री वितरण गरिएको हो ।

शाखा अध्यक्ष नम्रता ढकालको सभापतित्व तथा शाखाकी संस्थापक अध्यक्ष सारदा रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि सांसद हरिचरण सिवाकोटी, पत्रकार केशव भट्टराई, विराट आधारभूत विद्यालयका प्रधानाध्यापक कृण्ण बिमली, पूर्व अध्यक्षहरु कञ्चना सिटौला, रजनी बजगाई, राधा सुब्बा, आजीवन सदस्य शिला ढकाल, श्री सिटौलालगायतले बोलेका थिए ।

कार्यक्रममा उपाध्यक्ष कामना उप्रेतीले आस्था वाचन गरेकी थिइन् । उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिमा पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सरु खनालले गरेकी थिइन् ।