राई पत्रकार संघ झापामा साम्पाङ « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

राई पत्रकार संघ झापामा साम्पाङ


यलम्वर टाइम्स
९ बैशाख २०७५, आईतवार ०८:१०

अर्जुनधारा । किरात राई जातिको भाषा, लिपी संरक्षण गर्दै उत्थान गर्ने उद्देश्यका साथ स्थापना भएको किरात राई पत्रकार संघको चौथौं अधिवेशन सम्पन्न भएको छ ।

दमक स्थित किरात भवनमा आयोजित अधिवेशनले यलम्वर टाइम्स साप्ताहिकका सहसम्पादक तथा फोनिज प्रदेश पार्षद राजन साम्पाङलाई आगामी ३ वषृका लागि अध्यक्ष पदमा सर्वसम्म निर्वाचित गरेको छ ।

साम्पाङको नेतृत्वमा निर्वाचित समितिको उपाध्यक्षद्वयमा रविकिरण राई, एलिसा राई, सचिव विन्दु मुकारुङ, सहसचिव गौरी राई, कोषाध्यक्षमा मञ्जु राई निर्वाचित भएका हुन् । यसरीनै सदस्यहरुमा उर्मिला राई, सविना राई र निशेष राई रहेका छन् ।

संघका अध्यक्ष अमित खम्बूको सभापतित्वमा भएको अधिवेशनमा किरात राई पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष प्रकाश राईको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा सल्लाहकार तथा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का प्रदेश नं. १ इन्चार्ज दिपीन राई, किरात राई यायोक्खाका केन्द्रीय सदस्य दिपेनवाला राई, फोनिजका सचिव कमन देवान, फोनिज मोरङका फिपराज वेघा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अधिवेशनले आगामी २८ र २९ गते सुनसरीको धरानमा हुन लागेको किरात राई पत्रकार संघको चौथो महाधिवेशनमा सहभागि हुनका लागि केन्द्रीय प्रतिनिधि पनि चयन गरेको छ ।

देशभरका करिब १५० राई पत्रकारहरुको सहभागिता रहने उक्त महाधिवेशनमा झापाबाट रमेश समदर्शी राई, अनिलदेव राई, भारती राई, राजन साम्पाङ, विन्दु मुकारुङ, लीला राई लगायतको टोली धरानतर्फ जाने भएको छ ।