लोकतन्त्र दिवसमा वीरता जेसीजद्वारा दीपप्रज्ज्वलन र अन्तरक्रिया « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

लोकतन्त्र दिवसमा वीरता जेसीजद्वारा दीपप्रज्ज्वलन र अन्तरक्रिया


यलम्वर टाइम्स
१२ बैशाख २०७५, बुधबार १०:४७

बिर्तामोड । वीरता जेसीजको आयोजनामा मंगलवारसाँझ बिर्तामोडको मुक्तिचोकमा लोकतन्त्र दिवसको अवसर पारी लोकतन्त्रको महत्वबारे अन्तरक्रिया तथा दीप प्रज्ज्वलन सम्पन्न भएको छ ।
वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पूर्व सांसद एवम् नेपाली कांग्रेसका नेता सुधिरकुमार शिवाकोटीले गरेका थिए ।
कार्यक्रमका वक्ताले  राजनीतिक दलहरुले गर्नुपर्ने कार्यक्रम जेसीजले गरेर दलहरुलाई समेत झक्झक्याएकोमा जेसीजप्रति धन्यवाद ज्ञापन गरे । नेपालीहरु वास्तविक रुपमा नागरिक भएको दिन वैशाख ११ भएको बताउँदै वक्ताहरुले यसैदिन जहानिया शासनको अवशेषको समाप्त भएको स्मरण गरे ।
वैशाख ११ नेपालीको त्याग र बलिदानको फलप्राप्तिको दिन भएको बताउँदै प्रमुख अतिथि शिवाकोटीले यस दिनको सम्झनामा विशेष कार्यक्रम गरेर जेसीजले दलहरुलाई पनि व्यूँझाएको पनि बताए ।
पूर्वसांसद तथा नेकपा एमालेका नेता मनकुमार गौतमले बैशाख ११ नेपालीहरु सार्वभौम भएको दिन भएको बताउँदै यस दिनलाई कहिल्यै नेपालीले भुल्न नहुने बताए । पछिल्लो समय लोकतन्त्र दिवसलाई दलहरुले भुल्दै गएकोमा चिन्ता व्यक्त गर्दै गौतमले दलहरु चुके पनि जेसीजले यस दिनलाई सम्झाएर उदाहरणीय काम गरेको बताए ।
माओवादी केन्द्रका नेता ज्योतिसिंह दर्लामीले लोकतन्त्र दिवस ऐतिहासिक दिन भएको बताउँदै सुशासन र समृद्धिका निम्ति खबरदारी गर्नुपर्नेमा जोड दिए । राष्टिूय जनता पार्टीका नेता सूर्यनारायण गणेशले लोकतन्त्र दिवसको विशेष महत्व रहेको बताउँदै नेपालीले देखेको सपना पूरा गर्न सरकारको खबरदारी गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष गिरीले औचित्यमाथि प्रकाश पार्दै शहीदप्रतिको श्रद्धा, नेपालीले प्राप्त गरेको अधिकारको सम्मान तथा राजनीतिक दल र सरकारको खबरदारीका लागि कार्यक्रमको आयोजना गरेको बताए । महासचिव बिनोद पाण्डेले सञ्चालन गरेको कार्यक्रमका संयोजक सहकोषाध्यक्ष घनश्याम चौधरीले स्वागत गरेका थिए  ।
कानूनी सल्लाहकार दिवाकरलाल चौधरीले जेसीआई मिसन, भिजन तथा नेपाल जेसीज र वीरता जेसीजको प्रकरण वाचन गरेको कार्यक्रममा आस्था वाचन शाखा सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए  ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भᄃराई, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी कृष्णप्रसाद कोइराला, जिल्ला टूाफिक प्रहरी प्रमुख राजेश राई, नेप्लिज टिन्सका मनिषजंग बस्नेत, प्रज्ज्वल गौतम, रोट्याक क्लब अफ बिर्तामोडका अध्यक्ष बसन्त बुढाथोकी, चारआली जेसीजका अध्यक्ष रोहित दाहाल, छठ समाजसेवा समितिका पूर्वअध्यक्ष प्रेमचन्द चौधरी, वीरता जेसीजका पूर्वअध्यक्षहरु वेदप्रकाश अग्रवाल, जितेन्द्र बस्नेत, प्रमेशराज कर्णिकार, किरण श्रेष्ठ, भक्तराज भारती, वीरता लेडी जेसीजकी पूर्वअध्यक्ष कञ्चना सिटौला लगायतको आतिथ्य थियो ।