पशुपंक्षी बीमा सम्बन्धि अन्तरक्रिया सम्पन्न « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

पशुपंक्षी बीमा सम्बन्धि अन्तरक्रिया सम्पन्न


यलम्वर टाइम्स
१४ असार २०७५, बिहीबार ०५:२३

अर्जुनधारा । अर्जुनधारा नगरपालिका पशुपंक्षी विकास शाखाले पशुपंक्षी बीमा तथा भकारो सुधार उर्जा उत्पादन विषयक अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ ।

अन्तरक्रियामा नगर प्रमुख हरि कुमार रानाले भने –‘स्थानीय तहबाट निति, नियम बनाउँदै कोष खडा गरी पशुपन्छी र बाली वीमा परिचालन गरिने बताए । पूर्वाधार विकास सहित राज्यले दिएको कार्य विधीमा रहि जनताको गाँस, बास र कपासका लागि एकमना एकता भएर अघि बढ्नु पर्ने आवश्यकता छ ।’

कार्यक्रममा सहभागी वडा अध्यक्ष मध्ये पुष्पराज प्रसाईले बीमाको बारेमा वडास्तरमा जनचेतना अभिवृद्धि गराउनु पर्ने बताए । कार्यक्रमको सहजीकरण पशुपन्छी विकास अधिकृत पदम राई र कृषि प्रमुख शालीकराम भट्टराईले गरेका थिए भने स्वागत उप–प्रमुख कमला खतिवडाले गरेकी थिइन् ।

प्रमुख रानाको अध्यक्षतामा नगरको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारती, देवीमाया घिमिरे लगायतले बोलेका थिए ।