पत्रकार नेम्वाङ परिवारमा पितृ शोक « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

पत्रकार नेम्वाङ परिवारमा पितृ शोक


यलम्वर टाइम्स
२५ असार २०७५, सोमबार ०५:३५

अर्जुनधारा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाका अध्यक्ष विशाल नेम्वाङ तथा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष भीम नेम्वाङलाई पितृ शोक परेको छ ।

गए राति ११ बजे अर्जुनधारा वडा नं. ६ कप्तनबाडीमा पिता मधुसुधन नेम्वाङको ९३ वर्षको उमेरमा निधन भएको हुनाले नेम्वाङ परिवारलाई शोक परेको हो । ज्ञानेन्द्र नेम्वाङ, सोम नेम्वाङ र रुपेश नेम्वाङका पिता विभिन्न रोगबाट थलिएर घरैमा उपचार गर्दै बसेका थिए ।

मधुसुधन नेम्वाङको जन्म १९८२ साल चैत १५ गते भएको थियो । उनी आफ्नो थातथलो पहाडबाट अर्जुनधारा वडा नं. ६ मा बस्दै आएका थिए । मिजासिल र मिहनति नेम्वाङका पाँचै भाई आ–आफ्नो व्यवसायमा सक्रिय छन् ।

भीम नेपाल टेलिभिजनमा, विशाल इमेज टेलिभिजनमा, सोम कुशल फोटो व्यवसायी, ज्ञानेन्द्र ब्रिटिश आर्मीका रिटायर्ड हुन् भने कान्छा रुपेश ढाका व्यवसायी हुन् ।

किरात याक्थुम चुम्लुङमा सक्रिय मधुसुधन जातीय मुक्तिका लागि अगाडि बढ्नुपर्छ भन्ने एक योद्धा पनि हुन् । उनको आज २५ गते १ बजे कनकाई माईमा दाहसंस्कार गरिने भएको उनका छोरा विशाल नेम्वाङले यलम्वर टाइम्सलाई जानकारी दिए ।