आदिवासी रंगशालाको कार्यसमिति विस्तार « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

आदिवासी रंगशालाको कार्यसमिति विस्तार


यलम्वर टाइम्स
६ श्रावण २०७५, आईतवार ०८:१८

कमल । झापाको कमल गाउँपालिकास्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको कार्यसमिति विस्तार गरिएको छ ।

आज सम्पन्न रंगशाला समितिको पूर्ण बैठकले कार्यसमिति सदस्यमा ३ जना मनोनित गर्नुका साथै १६ सदस्यीय एक सल्लाहकार समिति गठन गरिएको छ ।

मनोनित सदस्यहरुमा दमकका जितु धिमाल, दमककै भरुवा राजवंशी र शिवसताक्षीबाट प्रेम शेर्मा रहेका छन् । त्यस्तै गठित सल्लाहकार समितिमा महेन्द्रकुमारी सुब्बा, नित्यानन्द ताजपुरिया, पारसमणि राई, दिलीप राई, धिरेन लावती, इन्द्रमान चाम्लिङ, प्रविण चाम्लिङ, सुमित्रा वाङदेल चेली रहेका छन् ।

त्यस्तै, ढुण्डिराज भण्डारी, कमन देवान, विष्णु सुब्बा, भिमराज केरुङ, सुर्य यकपाङदेन, बासुदेव राई , दिपक धिमाल र गुमानसिंह तामाङ रहेका छन् ।

सोही बैठकले रंगशाला समितिलाई थप व्यवस्थित गराउन विभिन्न दुई वटा विभागीय उपसमिति समेत गठन गरिएको रंगशालाका अध्यक्ष हुकुमसिंह राईले बताए ।

बैठकले भोजकुमार राईको संयोजकत्वमा पाँच सदस्यीय रंगशाला व्यवस्थापन उपसमिति गठन गरिएको छ । सो गठित उपसमितिको सदस्यहरुमा सन्तोष कार्की, भिमराज राई, चन्द्रप्रसाद ताजपुरिया , चन्द्रकला सुब्बा रहेका छन् ।

त्यस्तै, दिपेनवाला राईको संयोजकत्वमा सुसन राई र दिपक न्यौपाने रहेको तीन सदस्यीय सञ्चार उपसमिति गठन गरिएको छ । संस्थाको विधान बमोजिम केही सदस्यसहित सल्लाहकार समितिमा समेत थप गरिने महासचिव दिपेनवाला राईले बताए ।

२०६६ सालमा स्थापित सो रंगशाला प्रतिष्ठानको गत चैत २९ गते सम्पन्न प्रथम महाधिवेशनले हुकुमसिंह राईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो ।