वीपी स्मृति दिवसमा यूनियनले बाढ्यो फलफूल « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

वीपी स्मृति दिवसमा यूनियनले बाढ्यो फलफूल


यलम्वर टाइम्स
६ श्रावण २०७५, आईतवार ०८:३२

दमक । वीपी कोइरालाको स्मृति दिवसका अवसर पारेर आइतबार झापा, दमकका पत्रकारहरुले विरामीलाई फलफूल बाढे्का छन् ।

नेपाल प्रेस यूनियन माईपश्चिम क्षेत्रीय समितिले दमकको आम्दा अस्पताल, दमक अस्पताल र एडभान्स अस्पतालमा उपचाररत् विरामीहरुलाई फलफूल वितरण गरि दिवस मनाएको हो ।

ती अस्पतालमा उपचाररत १२५ जना विरामीहरुलाई स्याउ, केरा, विस्कुट र जुस वितरण गरिएको यूनियनका अध्यक्ष विष्णु सुब्बाले जानकारी दिए ।

पूर्वसन्देस दैनिकका सम्पादक गञ्जबहादुर दाहालको प्रमुख आतिथ्यमा गरिएको फलफूल वितरण कार्यक्रम दमकको आम्दा अस्पतालबाट शुभारम्भ गरि दमक अस्पताल हुँदै एडभान्स अस्पतालमा आएर समापन गरिएको थियो ।

फलफूल वितरण शुभारम्भ आयोजित कार्यक्रममा प्रमुख अतिथि पत्रकार दाहाल, आम्दा अस्पतालका मेडिकल सुपरिडेन्टेड डाक्टर नविन ढकाल, पत्रकार मञ्चका अध्यक्ष मनकुमार गदाल लगायतले नेपालका राजनीतिज्ञ स्व. वीपी कोइरालाको स्मरण गराएका थिए ।

सोही अवसरमा अस्पतालका प्रशासकीय अधिकृत भिम धमला, पत्रकार महासंघ प्रदेश सदस्य विमल लामिछाने, यूनियनका जिल्ला सचिव गिरीराज भट्टराई, यूनियनकी क्षेत्रीय कोषाध्यक्ष कुसुम तामाङ, चलचित्र उद्यमी चैतन्य बराललगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।