श्रद्धा सहकारी सहित झापाका सात सहकारी उत्कृष्ट « Yalambar Times
२५ बैशाख २०८१, मंगलवार

श्रद्धा सहकारी सहित झापाका सात सहकारी उत्कृष्ट


यलम्वर टाइम्स
२१ चैत्र २०७५, बिहीबार १२:४१

दुधे । ६३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा श्रद्धा कृषि सहकारी संस्थासँगै झापाका सात सहकारी संस्था उत्कृष्ट घोषित भएका छन् ।

झापा जिल्ला सहकारी संघले बुधबार आयोजना गरेको कार्यक्रममा श्रद्धासँगै अन्य सात सहकारी उत्कृष्ट घोषित भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नं. १ उपसभामुख सरस्वती पोखरेलले नगद सहित सम्मानपत्रले सम्मान गरेको श्रद्धा कृषि सहकारी संस्थाका अध्यक्ष प्रेमसागर सापकोटाले बताए ।

उनले यलम्बरसँग खुशी साट्दै भने, ‘आगामी दिनमा अझ मेहेनत गरेर काम गर्न यो सम्मानले बल पुगेको छ ।’

सो अवसरमा उत्कृष्ट सञ्चारकर्मीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वसन्देश दैनिकका सम्पादक गन्जबहादुर दाहाल र उत्कृष्ट सञ्चार गृहमा लोकतन्त्रपोष्ट दैनिकलाई सम्मान गरिएको थियो ।