धार्मिक ज्ञान–यज्ञले समाज सुधारमा टेवा « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

धार्मिक ज्ञान–यज्ञले समाज सुधारमा टेवा


यलम्वर टाइम्स
२३ चैत्र २०७५, शनिबार ०२:४४

विन्ध्यावासीनीमा मार्कण्डेय पुराण

भाङबारी । एक धार्मिक कार्यक्रममा उपस्थित वक्ताहरुले टोल वा गाउँमा गरिएका धार्मिक महायज्ञले समाज सुधार कार्यमा टेवा पुग्ने बताएका छन् ।

अर्जुनधारा–४ स्थित विन्ध्यावासिनी सिंहदेवी मन्दिरमा शुक्रबारबाट सुरु भएको श्रीमद्मार्कण्डेय पुराणको उद्घाटन समयमा उपस्थित वक्ताहरुले उक्त कुरा बताएका हुन् ।

विकास हुनुमा कलकारखाना, बाटोघाटो मात्र नभइ धार्मिक मठमन्दिर पनि हो । चर्चामा आएका मन्दिरहरु जहाँ छन्, त्यस ठाउँ विकास भएको पनि धेरै छन् । त्यसैले विन्ध्यावासिनी मन्दिरको विकास भए यस क्षेत्रको विकास त्यसै हुने कुरामा वक्ताहरुले जोड दिए ।

शुक्रबारदेखि चलेको धार्मिक अनुष्ठानमा धान्याञ्चल, तुलादान, भूमिदान, शिला लेखन, आजीवन सदस्य जस्ता कार्य रहेको छ भने विभिन्न पूजापाठ, सांगीतिक महाज्ञान, पूर्णाहुती, तिलक प्रसदा वितरण कार्यक्रम समेत रहेको छ ।

मुख्य वाचक पं. उदय दाहाल रहेको पुराणमा उपवाचक पं. टीकाराम पौडेल रहेको सचिव प्रेम कार्कीले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा मन्दिरका माता मीना जोशीले पानसमा बत्ती बालेर तेस्रो अनुष्ठानको उद्घाटन गरेकी थिइन् ।

उद्घाटन पश्चात शनिश्चरे खानेपानीका अध्यक्ष इन्जीनियर शंकर सुवेदी, ३८ से समूहका अध्यक्ष शेखर प्रधान, वडा नं. ४ का अध्यक्ष दुर्गा दाहाल, पत्रकार दिपीन राई, शिक्षा सेवी चिरञ्जीवि शिवाकोटी लगायतले धार्मिकका विषयमा आ–आफ्ना विचार राखेका थिए ।

मन्दिर अध्यक्ष मनोज जोशीले वार्षिक गतिविधिबारे प्रतिवेदन वाचन गर्दै छोटो समयमा मन्दिरको उचाई यहाँसम्म आउनु दाता महानुभावहरुको ठूलो सहयोग भएको बताए ।

अध्यक्ष जोशीले श्रवण हल र योगमाया माताको कलात्मक मन्दिर निर्माण गरिएको हुँदा विन्ध्याञ्चल पर्वत, विन्ध्यावासिनी पोखरी निर्माण गर्दै लगिन बताए ।

उनले यी सबै काम गर्नका लागि सहयोगको आवश्यकता भएको हुँदा धर्मानुरागीमा आव्हान समेत गरेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक तिलक भण्डारी, समाज कल्याणका युवाराज पौडेल, बिरिङ जलाधारका कोषाध्यक्ष सुशिला पौडेल, समाजसेवी युगप्रसाद शिवाकोटी, पत्रकार होमप्रकाश अधिकारी लगायतको आतिथ्य रहेको थियो ।

उपाध्यक्ष मनोरथ शिवाकोटीले स्वागत गरेको कार्यक्रममा सञ्चालन उर्मिला दाहाल र सचिव प्रेम कार्कीले संयुक्त रुपमा गरेका थिए ।

‘३८ से’ ले बनाइदिने भयो भवन

‘३८ से’ का संयोजक शेखर प्रधानले दुइ तले भवन बनाइदिने वाचा गरेका छन् ।

मुनी दुइ कोठाको अफिस र माथि गुरु बस्ने कोठा करिब १८ लाखमा सम्पन्न गरिने लक्ष्य रहेको हुँदा पुरान उद्घाटन कार्यक्रममा बनाउने उद्घोष गरेका थिए ।