विशेष प्रस्तावहरु पारित गर्दै नगरसभा सम्पन्न « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

विशेष प्रस्तावहरु पारित गर्दै नगरसभा सम्पन्न


यलम्वर टाइम्स
२३ चैत्र २०७५, शनिबार ०३:०४

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको चौथो नगरसभाले विशेष प्रस्तावहरु पारित गरेको छ ।

३ दिनसम्म सञ्चालन भएको नगरसभाले नगर महत्वपूर्ण विशेष प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको हो ।

जसमा शिक्षा, स्वास्थ्य, सरसफाई, फोहोरमैला व्यवस्थापन, कृषि, पूर्वाधार, सुकुम्वासी समस्या समाधान, सार्वजनिक सेवा प्रवाह लगायत विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित भएको नगर प्रमुख हरिकुमार रानाले बताए ।

चैत्र १९, २० र २२ नगरको सभाकक्षमा बसेको सभाले विशेष प्रस्तावहरु पारित गरेको हो ।

विशेष प्रस्तावका निर्णयहरु आईतबार पत्रकार सम्मेलन गरी सावर्जनिक गर्ने प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिए ।