बन्द भएको विद्यालय चलाउन स्थानीय जुटे « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

बन्द भएको विद्यालय चलाउन स्थानीय जुटे


यलम्वर टाइम्स
१० बैशाख २०७६, मंगलवार १०:१२

अर्जुनधारा । अर्जुनधारा–४ मा रहेको शिवनारायण आधारभूत विद्यालय सञ्चालन गर्न स्थानीयहरु जुटेका छन् ।

२ वर्षअघि विद्यार्थी नभएर बन्द भएको विद्यालय यो पटक भने स्थानीय बुद्धिजीवि, राजनीतिक दल र संघसंस्था एक भएपछि उक्त विद्यालय चलाउन जुटेका हुन् ।

विद्यालय भर्ना अभियान राज्यले सुरु गरेपछि बन्द रहेको विद्यालयलाई विद्यार्थी भेला गराई सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यले ३० जनाभन्दा बढी विद्यार्थी भेला गरेको स्थानीय तुलसी खतिवडाले जानकारी दिए ।

५ कठ्ठा जमिनमा २ वटा पक्की भवन भएको विद्यालय २ वर्ष पठनपाठन हुन सकेन । उक्त विद्यालयको मैदानमा गौचरण समेत गरिदै आएको थियो । अब उप्रान्त त्यसो नगर्न भनी विद्यार्थी भर्ना अभियानलाई निरन्तरता दिँदै विद्यार्थी संकलनमा जुटेको खेम काफ्लेले बताए ।

विद्यार्थी भर्ना अभियानमा जुट्दा अभिभावकले राम्रो शिक्षा प्रदान गरिन्छ भने अन्यत्र ठाउँमा बालबच्चा भर्ना गर्न नलगिने बताए ।

विद्यालयमा विद्यार्थी नभएपछि अर्जुनधारा शिक्षा शाखाले त्यहाँका शिक्षकहरुलाई अन्यत्र सारिएको थियो ।