अर्जुनधारा र माईको बीचमा बन्ने भयो श्रीकृष्णको प्रतिमा « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

अर्जुनधारा र माईको बीचमा बन्ने भयो श्रीकृष्णको प्रतिमा


यलम्वर टाइम्स
११ बैशाख २०७६, बुधबार ०८:५३

खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिका र इलामको माईनगरपालिकाको सीमा क्षेत्रमा श्रीकृष्ण भगवानको प्रतिमा निर्माण गर्ने सहमति भएको छ ।

अर्जुनधारा नगरपालिका वडा–२ र माई नगरपालिका वडा–५ को सीमा क्षेत्रमा रहेको कुम्भीटारको भित्तामा दुवै नगरपालिकाले साझेदारी, समन्वय र सहकार्य गर्दै श्रीकृष्ण भगवानको प्रतिमा निर्माण गर्न सहमत भएका हुन् । पर्यापर्यटन, स्थानीय मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने उदेश्यले सहमति भएको हो ।

श्रीकृष्ण भगवानको अवतार निर्माणका लागि स्थानीय दिलदास राई, जीतमान राई, रुद्रकुमार राई, मानध्वज राई, हस्तबहादुर राईको परिवारकोतर्फबाट भित्ताको पश्चिम दक्षिणतर्फको आवश्यकता अनुसारको जमिन निःशुल्क उपलब्ध गराउने सहमति भएको अर्जुनधरा नगरपालिका नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।

सो परियोजना कार्यान्वयनका लागि पार्किङ्ग व्यवस्थापन र सार्वजनिक शौचालय खानेपानी निर्माणमा डेढ बिघा जमिन समेत उपलब्ध भइसकेको छ ।

पार्किङ्गका लागि पूर्वतर्फको जमिन प्रेम समाल, खेम समाल, रत्न समालले निःशुल्क प्रदान गर्ने सहमति भएको नगर प्रमुख रानाले जानकारी दिए ।

जग्गादाताहरुको स्वर्गीय बुबाआमाहरुको स्मृतिमा सो स्थानमा शालिक प्रतिमा निर्माण गर्ने समेत सहमति भएको अर्जुनधारा नगरका बरिष्ठ योजना अधिकृत हिमराज सेडाईले जानकारी दिए ।

दाहालटार सामुदायिक वनको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा अर्जुनधारा वडा–२ वडा अध्यक्ष रघुनाथ खनाल, माईनगर–५ वडा अध्यक्ष गम्भीरबहादुर तामाङ, वडासदस्यहरु केशवकुमार राई, बलबहादुर समाल, नेकपा जिल्ला सदस्य योगप्रसाद आचार्य, नेपाली कांग्रेसका जिल्ला प्रतिनिधि पुण्य ओझा, संघीय समाजवादीका नगर अध्यक्ष सृजलाल चौधरी, नेकपाका प्रतिनिधि रुपनारायण समाल रहेका थिए ।

त्यस्तै, राप्रापा नगर सचिव प्रेमबहादुर समाल, शान्ति युवा समूह उपाध्यक्ष लोकेन्द्र बिष्ट, सदस्य असोक समाल, क्लबका सल्लाकार सुजन दर्लामी, सदस्य सृजन मगर, सचिव राजकुमार मगर, दाहालटार सामुदायिक वनका अध्यक्ष डीबी राई, सचिव रत्नकुमार हाङसुम्बा, सुपारी उपभोक्ता समितिका सचिव युवराज राई, सीमाना बस्ती अध्यक्ष जसबहादुर लिम्बू लगायत जग्गादाताहरुको उपस्थितीमा श्रीकृष्ण भगवानको प्रतिमा निर्माण गर्ने सहमति भएको बरिष्ट अधिकृत सेडाईले जानकारी दिए ।