अर्जुनधारामा मेचे समुदायको ग्राम पूजा र बैशागु कार्यक्रम सम्पन्न « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

अर्जुनधारामा मेचे समुदायको ग्राम पूजा र बैशागु कार्यक्रम सम्पन्न


यलम्वर टाइम्स
१६ बैशाख २०७६, सोमबार १०:५६

अर्जुनधारा । अर्जुनधारा वडा–६ स्थित कप्तानवाडीमा रहेका आदिवासी मेचे समुदायले श्री ग्राम शिवा पूजा तथा बैशागु कार्यक्रम सम्पन्न गरेका छन् ।

प्रत्येक वर्ष मेचे समुदायले मनाउने परम्परा अनुसार श्री ग्राम शिवा पूजा तथा बैशागु कार्यक्रम यस पटक पनि सम्पन्न गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका वडाअध्यक्ष लोकनाथ गौतमले ग्राम थान मात्रमा सीमित नभई मेचे समुदायले पुराण लगाएर त्यसको आस्था र महत्व थप उजागर गर्नुपर्ने सुझाव दिए ।

सयौँ वर्षदेखि पहिचान देखाउने मेचे समुदायको भाषा र संस्कारलाई जोडेर जानुपर्ने वडाअध्यक्ष गौतमको धारणा रहेको थियो ।

नगरसभा सदस्य तथा मेचे समुदायका अगुवा अर्जुन मेचले मेचे समुदायको भाषा र संस्कृति लोभ हुदै गएकोमा जोड दिएका थिए ।

समुदायको भाषा र संस्कार बचाउन स्कुल स्तर या समुदाय स्तरसम्म वडा र नगरले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता प्रत्युस आजात रानाले नेपालमा रहेका जातीय भाषा, लिपी र संस्कृति सबैले संरक्षण, सवद्र्धन र प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मेचे समुदायले बैशाखु नृत्य समेत प्रस्तुत गरेका थिए ।

विमल मेचेले सञ्चालन गरेको कार्यक्रम मेचे समुदायका अध्यक्ष (गाउँ बुढा) सन्तोषकुमार मेचेको अध्यक्षता भएको थियो ।

कार्यक्रममा नगरसभा सदस्य टुम्मानाथ काफ्ले, लक्ष्मी महतरा लगायतले शुभकामना मन्तव्य राखेँका थिए ।