अर्जुनधारा नगरकै ज्येष्ठ मातालाई अर्जुनधारा जेसिजको सम्मान « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

अर्जुनधारा नगरकै ज्येष्ठ मातालाई अर्जुनधारा जेसिजको सम्मान


यलम्वर टाइम्स
२१ बैशाख २०७६, शनिबार १०:५६

अर्जुनधारा । अर्जुनधारा जेसिजले माता तीर्थ औंशीको अवसरमा नगरकै ज्येष्ठ माता १०५ वर्षिय नारायणी सेढाईंलाई सम्मान गरेको छ ।

शनिबार अर्जुनधारा–६ स्थित निजी निवासमै पुगेर दोसल्ला र सम्मानपत्रले उनलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा जेसिजका अध्यक्ष टिकाराम गौतमले ज्येष्ठ नागरिक समाजको जिउँदो तीर्थ रहेको प्रतिक्रिया दिँदै नगरकै ज्येष्ठ मातालाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।

सचिव निशा तामाङको संयोजकत्वमा तथा अध्यक्ष गौतमको सभापतित्वमा भएको सम्मान कार्यक्रममा जनसम्पर्क अधिकारी सुरेश थापा, संयोजक प्रेम खड्का, परिवारका लक्ष्मी पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

महासचिव भास्कर भट्टराईले सञ्चालन गरेको कार्यक्रममा संयोजक सुष्मा तिखत्रीले आस्था वाचन गरेकी थिइन् ।

कानूनी सल्लाहकार राजन साम्पाङले स्वागत गरेकोे कार्यक्रममा उपाध्यक्ष विमला भट्टराईले सम्मानपत्र वाचन गरेकी थिइन् ।