खुदुनाबारीमा हेन्डराइटिङ प्रतियोगिता सम्पन्न « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

खुदुनाबारीमा हेन्डराइटिङ प्रतियोगिता सम्पन्न


यलम्वर टाइम्स
२२ बैशाख २०७६, आईतवार १०:३६

अर्जुनधारा । खुदुनाबारी स्थित जनता माध्यमिक विद्यालयमा आईतबार हेन्डराइटिङ प्रतियोगिता सम्पन्न भएको छ ।

अर्जुनधारा जेसिजको आयोजनामा भएको प्रतियोगितामा कक्षा १ देखि १० सम्मका ६० भन्दा बढीको सहभागिता रहेको थियो ।

कक्षा ९ र १०, ६–८, ४ र ५, १–३ का विद्यार्थीबीच नेपाली र अंग्रेजी दुबै भाषामा प्रतियोगिता गरिएको थियो ।

कक्षा ९ र १० अन्तर्गत अंगे्रजीतर्फ विशेष लिम्बू, यमूना भुजेल, शान्ता सापकोटा क्रमशः प्रथम, द्वितीय, तृतीय भएका थिए भने नेपालीतर्फ सुजन पौडेल, आयूसा शिवा, दिलमाया गुरुङ क्रमशः प्रथम, द्वितीय, तृतीय भएका थिए ।

यसरी नै कक्षा ६–८ बाट अंग्रेजीमा गौरव निरौला, दीप्ती बोहोरा, निशा गौतम क्रमशः प्रथम, द्वितीय, तृतीय भए भने नेपालीमा राजकुमार राई प्रथम, विकास श्रेष्ठ द्वितीय र नविना कुमाल तृतीय भएकी थिइन् ।

त्यसैगरी कक्षा ४ र ५ बाट रोसनी दुलाल प्रथम, तेनिशा बास्कोटा द्वितीय, प्रीती खनाल तृतीय भएकी थिइन् ।

कक्षा १–३ मा कृती आचार्य, सपना लिम्बू र प्रमिश भट्टराई क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई प्रमुख अतिथि तथा वडा नं.३ का अध्यक्ष जीवनकुमार भण्डारी, निवर्तमान अध्यक्ष अजय देव लगायतले प्रमाणपत्र र पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारीले अर्जुनधारा जेसिजले सकरात्मक र रचनात्मक कार्यक्रम गरेकोमा प्रशंसा गरे । उनले विद्यार्थी देशको भविष्य भएको बताउँदै अनुशासनमा रहनुपर्ने बताए ।

कार्यक्रममा अध्यक्ष टीकाराम गौतमले नेतृत्व र व्यक्तित्व विकासका क्षेत्रमा मात्र नभई शैक्षिक क्षेत्रमा पनि आफूहरुको ध्यान केन्द्रित भएको बताए ।

अध्यक्ष गौतमको सभापतित्वमा भएको कार्यक्रममा जेसिजका निवर्तमान अध्यक्ष देव, विद्यालयका सहायक प्रधानाध्यापक डम्मरकेशर नेपाल, कानुनी सल्लाहकार राजन साम्पाङ, शिक्षक प्रेमराज गौतम लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका संयोजक दिपेश भण्डारीले स्वागत गरेको कार्यक्रममा महिला संयोजक सुष्मा तिखत्रीले आस्था वाचन गरेकी थिइन् ।

कार्यक्रमको सञ्चालन भने महासचिव भास्कर भट्टराईले गरेका थिए ।