स्वस्तिकामा शिक्षा विषयमा अन्तरक्रिया « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

स्वस्तिकामा शिक्षा विषयमा अन्तरक्रिया


यलम्वर टाइम्स
१ जेष्ठ २०७६, बुधबार ०७:४७

अर्जुनधारा । किताबी ज्ञानले मात्र एउटा विद्यार्थी पूर्ण हुँदैन । उसलाई खेलकुद लगायत अतिरिक्त शिक्षाको पनि आवश्यकता रहन्छ । यही कुरालाई मध्यनजर गर्दै अर्जुनधारा क्षेत्रकै पुरानो निजी विद्यालय स्वस्तिका शिशु सदनले ‘शुद्धतामा आधारित शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

‘असल बाटोबाट सफल बनौं’ भन्ने मूल नाराका साथ आयोजित अन्तरक्रिया कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरुलाई नैतिक अनुशासन, प्रेम, जीवन, मानवीय जिम्मेवारी र सुरक्षित भविष्यको बारेमा चर्चा गरिएको विद्यालयका प्रिन्सिपल ओमप्रकाश ओझाले जानकारी दिए ।

विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा निर्देशक बसन्त श्रेष्ठले ठूलो मान्छे बन्नुभन्दा राम्रो मान्छे बन्नु पर्नेमा जोड दिए ।

कार्म नेपाल कलेजाइट एसोसिएन फर द रिसर्च आफ प्रिन्सिपल झापासँगको सहकार्यमा भएको कार्यक्रममा सहजीकरण कार्म झापाका कोअर्डिनेटर प्रकाश श्रेष्ठले गरेका थिए ।

करिब डेढ घण्टा भएको उक्त कार्यक्रम उपयोगी भएको अन्तरक्रियामा सहभागि कक्षा १० का विद्यार्थी प्रर्मिला बर्देवाले प्रतिक्रिया दिइन् ।