अर्जुनधारामा सिभिल बैंकको ७४ औं शाखा « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

अर्जुनधारामा सिभिल बैंकको ७४ औं शाखा


यलम्वर टाइम्स
१२ जेष्ठ २०७६, आईतवार ०८:१५

अर्जुनधारा । अर्जुनधारामा सिभिल बैंकको ७४ औं शाखा स्थापना भएको छ ।

समृद्धिको लागि सिभिल बैंक भन्ने मुख्य नाराका साथ छोटो समयमा ‘क’ वर्गमा पर्न सफल यस बैंक झापाका ६ स्थानमा शाखाहरु स्थापना सञ्चालनमा आउने जनाएका छन् ।

बैंकको उद्घाटन गर्दै नगर प्रमुख हरिकुमार रानाले बैंकहरु भित्रिएर मात्र नभई जनताको सेवामा पनि बैंकको सहयोग रहनुपर्ने जोड दिए ।

अर्जुनधारा नगरपालिका कृषिमा आधारित नगर भएको हुँदा त्यसतर्फ केन्द्रित हुन सुझाव दिए ।

कार्यक्रममा लघु वित्तीय प्रमुख युवराज गुरागाईले सिभिल बैंकले गर्दै आएको कार्यक्रमबारे अवगत गराएका थिए भने शाखा प्रमुख कृष्ण बास्तोलाले यस क्षेत्रबाट गरिने कामहरुका बारेमा अवगत गराएका थिए ।

स्थापनाकै दिन अर्जुनधारा क्षेत्रमा रहेको अपाङ्ग बालबालिकाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरेका थिए ।

कार्यक्रममा शिक्षाविद् कमल गुरागाई, शनिश्चरे बहुमुखी क्याम्पसका प्रमुख मोहनप्रसाद ओली, वाणिज्य संघका सचिव चतुर्भुज काफ्ले, वडा नं. ७ का सदस्य देवकुमार राई र विराटनगर शाखा प्रमुख राजेश ढकाल लगायतको आतिथ्य रहेको थियो ।

उक्त बैंकले एउटा परिवारलाई आवश्यक सम्पूर्ण सुविधाहरु प्रदान गर्ने विभिन्न नाीतिहरु रहेको जानकारी गराएका थिए ।