उद्यमशील महिलाको तेस्रो साधारणसभा « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

उद्यमशील महिलाको तेस्रो साधारणसभा


यलम्वर टाइम्स
२४ भाद्र २०७६, मंगलवार ०७:३३

अर्जुनधारा । नेपाल उद्यमशील महिला संघको तेस्रो साधारणसभा सुरु भएको छ । संघको कार्यालयमा भएको सभालाई उद्घाटन गर्दै वडा नं. ८ का अध्यक्ष गोपीचन्द्र गौतमले संघले नगरमा गरेको कार्यप्रति प्रशंसा गरे ।

प्रमुख अतिथि समेत रहेका अध्यक्ष गौतमले उद्यमशील महिलाहरुको उन्नति र प्रगतिमा नगरपालिका र वडा नं. ८ स्थानीय सरकार सहयोग गर्न तयार रहेको बताए ।

उनले उद्यमशीलबाट नै नगर र राष्ट्रको उन्नति हुने भएको हुँदा उद्यमी महिलाहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।

ज्येष्ठ नागरिक मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराईले परिवारलाई संगाल्दै उद्यमी महिलाहरु यसरी जुट्नु नगरका लागि सम्पत्ति भएको बताए ।

सल्लाहकार चतुर्भुज काफ्लेले छोटो समयमा नगरमा परिचित हुन पुगेको उद्यमशील महिला संघले उद्यमतामा देखाएको कार्य प्रशंसनीय रहेको बताउँदै यसलाई अगाडि बढाउन स्थानीय सरकारको ठूलो हात हुने बताए ।

वार्षिक साधारण सभामा संघकी अध्यक्ष सरु बुढाथोकीले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै परिवार, समाज, राष्ट्रको दीगो र सर्वाङ्गीण विकासका लागि उद्यमशीलता जरुरी भएको बताउँदै त्यसलाई जर्गेना गर्न सके महिलाहरुको आर्थिक उन्नतिसँगै हिंसा न्यूनिकरणमा टेवा पुग्ने बताइन् ।

उनले संघको स्थापना पश्चात महत्वपूर्ण सामाजिक, धार्मिक र उद्यमशीलताको विषयमा काम गरेको समेत जनाइन् ।

संघकी सदस्य लीला राईले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी विष्णु थापा, सञ्चारकर्मी राजेन्द्र गौतम, वडा सदस्य सुशिला सुवेदी लगायतले शुभकामना व्यक्त गरेका थिए ।