‘दुनियाँको सन्तानसँग आफ्नो छोराछोरीलाई नदाजौं’ « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

‘दुनियाँको सन्तानसँग आफ्नो छोराछोरीलाई नदाजौं’


यलम्वर टाइम्स
२४ भाद्र २०७६, मंगलवार १२:०८

अर्जुनधारा । स्वस्तिका शिशु सदनले आफ्नो अभिभावकहरुलाई सकारात्मक चिन्तनमा डोहोर्याउनको लागि मंगलबार अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयको सभाहलमा आयोजित अभिमूखि कार्यक्रममा सहजकर्ता नेपाल केरियर ट्रेनिङ फाउण्डेशनका रवि किरणले बढ्दै गरेका सन्ततिका लागि मीठो शब्द जीवन उपयोगी हुने भएको हुँदा बिहानको समय र माया बालबालिकाको लागि शब्दकोष हुने बताए ।

सहजकर्ता रवि किरणले करिब १ घण्टा ३० मिनेट अभिभावकलाई सहजता प्रदान गर्नका लागि आफ्ना भनाई राख्दै आफू मोवाइल, टीभीमा झुमेर बालबालिकालाई पढ भन्नु सान्दर्भीक नभएको बताए ।

उनले बालबालिका आफैमा एक–एक वटा सीप बोकेरै आएका हुन्छन्, तिनलाई दुनियाँको सन्तानसँग तुलना गरेर आफ्ना सन्ततिलाई हेला नगर्न आग्रह गरे ।

उदाहरणक दिँदै चरालाई नदीमा पौड्न लगाउनु र माछालाई उढ्न लगाउनु र कछुवालाई रुख चढ भन्नु जस्तै हो, त्यसैले सिक्ने, सिकाउने वातावरण बनाइदिने अभिभावकको कर्तव्य हो । त्यति कर्तव्य निर्वाह गरिदिए आफै सक्षम भएर जाने ठोकुवा गरे ।

अधिकांश अभिभावक सहभागि रहेको अभिमूखि कार्यक्रममा सहजकर्ता रवि किरणले कलात्मक ढंगबाट तालिम प्र्रदान गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा अभिभावक संघका अध्यक्ष दिपीन राई, विद्यालयका प्रिन्सिपल ओमप्रकाश ओझा, व्यवस्थापन समितिका निर्देशक बसन्त श्रेष्ठ र कार्यक्रम संयोजक सीपी सुवेदी लगायतले आफ्ना विचार राखेका थिए ।