उद्यमीशल महिला संघ अर्जुनधारामा देवीमाया « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

उद्यमीशल महिला संघ अर्जुनधारामा देवीमाया


यलम्वर टाइम्स
२५ भाद्र २०७६, बुधबार ०५:०२

अर्जुनधारा । विभिन्न सामाजिक कार्यमा सक्रिय देखिदै आएकी देवीमाया पोखरेल नेपाल उद्यमशील महिला संघ अर्जुनधाराको तेस्रो अधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएकी छिन् ।

संघको कार्यालयमा भएको बन्द सत्रले वरिष्ठ उपाध्यक्षमा विनिता घिमिरे कोइराला, प्रथम उपाध्यक्षमा सुशिला ढकाल काफ्ले, द्वितीय उपाध्यक्ष तारा बस्नेत निरौला चयन भएका छन् ।

यसरी नै महासचिवमा सुनिता गोश्वामी, सचिव विनम बस्नेत, कोषाध्यक्षमा राधिका बुढाथोकी चुनिएकी छिन् ।

यसरी नै समितिको सदस्यमा लीला राई, कल्पाना कडरिया, रुपा काफ्ले, कमला चौधरी, हेलन खरेल, दुर्गा भट्टराई, सुशिला काफ्ले कटवाल, संगीता थापा, दीपा खरेल र गीता अधिकारी चुनिएका छन् ।

नव निर्वाचित उक्त समितिले नगर र स्थानीय सहयोगी संघसंस्थासँग हातेमालो गर्दै संघलाई अगाडि बढाउने भएका छन् ।

अध्यक्ष सरु बुढाथोकीको सभापतित्वमा भएको अधिवेशनले विभिन्न नीतिगत कुराहरु अगाडि सार्दै उद्यमशील महिलाहरुको हक, हितका लागि अगाडि बढ्ने भएका छन् ।

सदस्य लीला राईले सञ्चालन गरेको कार्यक्रममा उपस्थित सबैलाई स्वागत वरिष्ठ उपाध्यक्ष देवीमाया पोखरेलले गरेकी थिइन् ।