ख्रीष्टियन नागरिक संघद्वारा विपन्नलाई न्यानो कपडा « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

ख्रीष्टियन नागरिक संघद्वारा विपन्नलाई न्यानो कपडा


यलम्वर टाइम्स
२४ मंसिर २०७६, मंगलवार १२:३२

अर्जुनधारा । नेपाल ख्रीष्टियन नागरिक संघ क्षत्रिय समितिले विपन्न वर्गका नागरिकलाई लत्ता कपडा वितरण गरेको छ ।

अर्जुनधारा नगरपालिका वडा न १ मा सोमबार एक कार्यक्रमका बीच संघले अपाङ, अशक्त, एकल महिला, दैविक प्रकोपबाट पीडितलाई न्यानो कपडा वितरण गरेको हो ।

एलडर मदन कुमार राईको सहयोगमा संघले यहांका अति विपन्न नागरिकलाई कपडा वितरण गरिएको हो ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यता तथा ख्रीष्टियन नागरिक संघ २ नम्बर क्षेत्रिय अध्यक्ष राजविर राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

१ नम्बर वडा अध्यक्ष गजाधर खतिवडा, नेपाली ख्रीष्टियन नागरिक संघ केन्द्रिय उपाध्यक्ष शत्रुधन शाहा लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन संघको पूर्व सचिव एल सामु एल राईले गरेका थिए ।

अर्जुनधारा नगरपालिकाको आयोजनामा सचेतनामुलक एक दिने कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले किशोर किशोरीकालागि लागुऔषध एंवम दुव्यसन तथा सामाजिक पुनःस्थापनकालागि सचेतनामुलक एक दिने कार्यक्रम गरेको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगर्त नगरपालिकाले सोमबार सो कार्यक्रम गरेको हो । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दिनेशराज मैनाली र लागु औषध बिषय विज्ञ सोमराज ढकालले नगर क्षेत्रभित्रका विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा लक्ष्मी मावी, भानु मावी, शनिश्चरे मावी लगायतका स्कुलका विद्यार्थीहरु सहभागि थिए ।

कार्यक्रममा नगर –प्रमुख हरिकुमार रानाले यस्ता कार्यक्रमले किशोर किशोरीलाई कुलतबाट जोगाउन र सचेत बन्न सघाउ पुर्याउने बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका रानाले यहाँबाट सिकेको ज्ञान अन्य साथीभाईलाई बांड्न आग्रह गरे ।