स्वास्थ्यका लागि जुम्बाः फाइदै फाइदा « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

स्वास्थ्यका लागि जुम्बाः फाइदै फाइदा


यलम्वर टाइम्स
१५ माघ २०७६, बुधबार ०७:२७

[निशा तामाङ]

[निशा तामाङ]

आजको युगमा मानिसहरुले सामाजिक र आर्थिक रुपमा धेरैनै विकास गरिसकेका छन् । सामाजिक र व्यवसायीक सफला सँगसँगै मानिसहरु धेरैनै व्यस्त जीवनशैली अपनाईरहेका छन् । नाम, पद, प्रतिष्ठा र सम्मानका पछाडि मानिसहरुको प्रतिस्पर्धानै भएको देखिन्छ । तर, मनिसहरु सामाजिक र आर्थिक रुपमा व्यस्त हुँदा, आफ्नो जीवनशैलीलाई ध्यान दिनसकेका हुँदैनन् । त्यही कारण आफ्नो स्वस्थ्य स्थिति दिन प्रतिदिन कमजोर हुँदै गइरहेको महशुस गर्न सकेका छैनन् । फलस्वरुप मानिसहरुले विभिन्न किसिमका दीर्घ रोगहरु पालेर बस्नुपरेको छ ।

मानिस स्वास्थ्य रहन शुद्ध र सफा खानपानको साथै नियमित व्यायम अपरिहार्य रहेको हुन्छ । तर बढ्दो शहरीकरण र उत्पादनमा प्रतिस्पर्धाका कारण हामीले प्रयोग गर्ने खाद्यवस्तुहरु अस्वास्थ्यकर हुन पुगेको छ । शुद्ध र जैविक अन्न, सागसब्जी, फलफुल सहजै रुपमा प्राप्त गर्न सकस छ । अतः स्वास्थ्य रहनको लागि नियमित शारिरीक व्ययाम को धेरै महत्व रहन्छ ।

खानपानमा कमजोरी साथै नियमित व्ययामको अभावले मानिसहरुमा विभिन्न खालका दीर्घरोगहरु जस्तै, मधुमेह, बाथ, दम, क्यान्सर, हेपाटाईटिस, मुटुरोग, मृगौला तथा कलेजो सम्बन्धि रोगहरु आदि महामारीको रुपमा फैलिएको देखिन्छ । यस्ता रोगहरुको उपचार सम्भव भए पनि अत्याधिक खर्चिलो साथै धेरै समय लागने गर्दछ । यदि स्वास्थ्य हुँदै अथवा समयमै नियमित रुपमा शारिरीक व्ययामहरु गर्न सकियो भने यस्त रोगहरु लाग्नबाट बच्न सकिन्छ । अतः मनिसको जीवनमा शारिरीक व्ययामको महत्व धेरै रहेको छ ।

खेलकुद, जीम, मर्निङ वाक, मार्सलआर्ट, योग, जुम्बा आदि शारिरीक व्ययामकै प्रकारहरुमा पर्दछन् । शारिरीक व्ययाम गर्दा मानिसले आफ्नो सहजता, ईच्छा र समय अनुकुलतालाई हेर्नु अति आवश्यक हुन्छ । अहिलेको व्यस्त जीवनशैलीलाई हेर्दा र समय व्यवस्थापन गर्न सकिने शारिरीक व्ययाममा जुम्बा लोकप्रिय रहेको छ ।

जुम्बा गर्दा कम समय लाग्ने साथै, नाचगान मार्फत व्ययाम गराईने हुँदा यसले मानिसलाई शारिरीक मात्र नभई मानसिक रुपमा पनि स्वास्थ रहन मद्दत गर्दछ । जुम्बा गीतमा नृत्य गराई गर्ने गरिन्छ जुन मानिसको तौल घटाउन एक प्रभावकारी उपायको रुपमा रहेको छ । नृत्यमार्फत व्ययामा गराईने तथा थकानको महसुन नभईकन आवश्यक दैनिक व्ययाम गर्न सकिने हुँदा बृद्ध–बृद्धा, युवा–युवती तथा बालबालिकाको माँझ जुम्बा आर्कषक व्ययामको तरिका रहेको छ ।
लेखक तामाङ जुम्बाका प्रशिक्षक हुनुहुन्छ ।