अर्जुनधारा नगर युवा परिषदव्दरा काेराेना फैलन नदिन सचेतना कार्यक्रम « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

अर्जुनधारा नगर युवा परिषदव्दरा काेराेना फैलन नदिन सचेतना कार्यक्रम


यलम्वर टाइम्स
१२ चैत्र २०७६, बुधबार ०३:५१

अर्जुनधारा । विश्वभर महामारीकाे रूपमा फैलिएकाे काराेना भइरस (काेभीड-१९) ले जनजीवन अस्तव्यस्त र त्रासमय बनाएकाे छ ।

काेराेना संक्रमण राेेेेेेकथाम गर्नेे र सचेतना जगाउने उद्देश्यले अर्जुनधारा युवा परिषदले नगरका ११ वटै वडाका ५५ टाेलमा हात धुने साबुनसहित बाल्टिङ वितरण गरकाे छ ।

साबुन-बाल्टिङ वितरण गर्दै युवा परिषदका संयाेजक हाेमनाथ दुलालले साबुन पानीले पटक-पटक हात धुने गर्दा पनि काेराेना संक्रमणलाई राेकथाम गर्न सकिने भएकाे हुँदा यस्ताे खाले कार्यक्रम अगाडि बढाइएकाे बताए ।

संयााेजक दुलालले अगाडि भने, ग्रामिण क्षेत्रमा साबुन पानीले हात धुँदा र सामान्य सुरक्षा अपनाउदा पनि काेराेनाबाट जाेगिन सकिन्छ भन्ने चेतना छैन, त्यसैका लागि पनि याे कार्यक्रमकाे सुरूवाद गरेका हाैं ।

अभियानमा संयाेजक दुलालसँगै सदस्य राजन साम्पाङ, सशस्त्र बेस क्याम्प खुदुनाबारीका इन्चार्ज, सञ्चारकर्मी दिपेश पनेरू लगायतकाे सहभागिता रहेकाे थियाे ।

साबुन बाल्टिङ जनप्रतिनिधिकाे राेहवरमा वडा युवा परिषदका पदाधिकारीहरूलाई हस्तान्तरण गरिएकाे थियाे ।

बाल्टिङ वितरणकाे समयमा अर्जुनधारा वडा नम्वर ५ का अध्यक्ष ध्यानबहादुर भारतीले सामान्य सावधानी अपनाउदा पनि जाेखिमबाट बाँच्न सकिन्छ भन्ने ज्ञान नहुँदा त्रासमय भएकाे बेला याे कार्यक्रम उपयुक्त भएकाे बताए ।

नगरका ५५ टाेल र विभिन्न १० सामाजिक संस्थाहरूमा गरि ६५ स्थानमा सामग्री वितरण गरिएकाे थियाे ।