अर्जुनधारा ७ र ३ मा टोल समिति गठन हुने « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

अर्जुनधारा ७ र ३ मा टोल समिति गठन हुने


यलम्वर टाइम्स
४ बैशाख २०७७, बिहीबार १०:००

अर्जुनधारा । दोस्रो चरणको राहत बितरणसँगै शान्ती सुरक्षामा सहयोग पुग्ने उद्देश्यले वडा नम्वर ७ र ३ मा टोल समिति गठन हुने भएको छ ।

नगरपालिकाको नीति अनुसार प्रत्येक वडामा टोल समिति गठन गर्ने भनिए पनि ती दुई वडाले गठन गर्न सकेको थिएन ।

लकडाउनका कारण नगरका सीमित पदाधिकारी, राजनीतिक दल र सुरक्षाकर्मी बीच वडा–वडामा राहत र सुरक्षाका विषयमा छलफल गर्न पुग्दा ती ७ र ३ का वडाअध्यक्षले अब उप्रान्त टोल समिति बनाउने प्रतिवद्धता प्रकट गरे ।

वडा नम्वर ७ मा आज बिहीबार भएको छलफलमा यस वडाको सबै क्षेत्र मिलाएर टोल गठन हुने अध्यक्ष नवराम ढुङ्गानाले बताए ।

टोल समिति गठन हुँदा वडा र समाजलाई हुने फाईदा नगर प्रमुख हरिकुमार रानाले प्रस्ट परेपछि छलफलमा दलबाट सहभागि हुनेहरुले वडा नम्बर ३ र ७ मा टोल समिति गठन नहुनका कारणबारे जिज्ञासा राखेका थिए ।

छलफलमा प्रदेश सांसद बृख प्रधान लगायतको सहभागी थियो । नगरको अन्य वडाले भने टोल समिति बनाई सकेको छ ।