वडा नम्वर १० मा प्रेसर, सुगरको औषधी र माक्स वितरण « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

वडा नम्वर १० मा प्रेसर, सुगरको औषधी र माक्स वितरण


यलम्वर टाइम्स
१० बैशाख २०७७, बुधबार ०८:४०

अर्जुनधारा । आफ्ना वडाका जनतालाई सुरक्षित राख्न वडा नम्वर १० ले सहयोगी दातासँग हातेमालो गर्दै सेवा प्रदानमा जुटेका छन् ।

यस अघि नगरले प्रदान गरेको १ सय ५० जनाको राहतलाई बढाएर आफ्नै वडामा करिब ५ सय जनालाई ५ वटै टोलमा टोल समिति मार्फत राहत घर–घर पुर्याएका थिए ।

त्यसपछि वडा नम्वर १० ले प्रत्येक असाहय बिरामीका घरआँगनमा पुगेर औषधिको सेवा प्रदान गरेको वडा सदस्य फिपराज कुरुम्वाङ्ले बताए ।

बिर्तामोड निवासी औषधि व्यवसायी नरेन्द्र बरालले १ लाख ५० हजार मुल्य बराबरको प्रेसर र सुगरको औषधि उपलब्ध गराएपछि अध्यक्ष बलदेव गोम्देन आफै टोलका ज्येष्ठ नागरिक कहाँ पुगेर औषधि दिलाएका थिए ।

उक्त औषधि स्वास्थ्य वीमा गर्न नसक्ने ज्येष्ठ नागरिकहरुलाई प्रदान गरिएको थियो ।

आज बुधवार पनि इन्जीनियर सुशील श्रेष्ठ र समाजसेवी घनेन्द्र खनालको सहयोगमा रु. २६ हजार मूल्य पर्ने २ हजार माक्स वडा नम्वर १० मा वितरण गरिएको थियो ।

ज्येष्ठ नागरिक ज्ञान बहादुर तामाङ्ग (८५)को हातबाट उद्घाटन गरिएको माक्स प्रत्येक टोलमा पुर्याइएको वडा सदस्य भोला गौतमले यलम्बर टाईम्सलाई बताए ।