३ महिनाको बालकलाई चटक्कै छाड्दा… « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

३ महिनाको बालकलाई चटक्कै छाड्दा…


यलम्वर टाइम्स
१४ बैशाख २०७७, आईतवार ११:३७

गडी । अर्जुनधारा ८ स्थित शितलादेवी मन्दिर नजिक घर भएका दिपक पौडेलकी ३ महिने सुत्केरी श्रीमती सुनिता पौडेल (२४) ले घरैमा आत्महत्या गरेकी छिन् ।

सासुआमासँगै घरैमा बसेकी सुनिताले बिहान ९ बजे कोही नभएको मौका छोपी पासो लागेर आत्महत्या गरेको हो की भन्ने अनुमान छिमेकीहरुको छ ।

‘घरभित्र बालक रोयो । ढोका थुनिएको अवस्था थियो । बुहारी काहा गइन् भनेर बोलाउन थाल्यौं, नबोलेपछि ढोका फोरेर हेर्दा कोक्रोमा बालक सुताएर छेउमा झुण्डिएको अवस्थामा भेटियो’ सासुआमा दिलमायाले बताइन् ।

मृतकका श्रीमान दिपक भने मूलघर ईलाम फाक्फोकथुम–१ मा गएका थिए । लकडाउनका कारण आउन नसकेको अवस्था थियो ।

बिहानीपख नजिकको छिमेकीको नानी बितेको हेर्न जाँदा बुहारीले झुक्याएर आत्महत्या गरेको सासुआमा दिलमायाले बताइन् ।

यो समाचार तयार पारुन्जेल सुनिताको शव घटना स्थलबाट उठाईएको थिएन । मृतकका श्रीमान र आफन्तले अनुहार हेर्ने भनेपछि प्रहरीले उनिहरुलाई पर्खेको बताए ।

यता ३ महिने नाबालक छोरा भने आमाको दूध खान नपाएर रोईरहेको वडा सदस्य सेवन्त ढकालले बताए ।