चुलो नबल्नेको घरमा अनुगमन « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

चुलो नबल्नेको घरमा अनुगमन


यलम्वर टाइम्स
१५ बैशाख २०७७, सोमबार १२:४०

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले नगरका क्रियाशिल राजनैतिक दल, सञ्चारकर्मी र सुरक्षाकर्मीबीच आईतवार नगरको विभिन्न क्षेत्रमा अनुगमन गरेका छन् ।

विभिन्न वडाले अनुगमनका लागि आह्वान गरेपछि उक्त टोली वडा नम्वर ५ को सुकुम्वासी बस्ती, सुपारी फ्याक्ट्री र लागू पदार्थ दुव्र्यसनी राख्ने स्थानको अवलोकन गर्न पुगेको थियो ।

अनुगमनले वडा नम्वर ५ को सुकुम्वासी बस्तीमा चुलो नबल्ने भनिएका परिवार फुलमाया दर्जी, मनमाया सुन्दास र हरि राजवंशीको घरमा पुगि अवलोकन गरेका थिए ।

अनुगमन टोलीले छिमेकीको आक्रमणमा परी अशक्त भएका वडा नम्वर ५ की सोना गेलालको घरमा पुगि स्वास्थ्य लाभ समेत गरेका थिए ।

टोलीले अर्जुनधारा–७ को सुरेन्द्र साहको सुपारी फ्याक्ट्री र अरुणोदय प्राबि, शनिश्चरे माविमा अवलोकन गरेका छन् ।

अनुगमनमा नगर प्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवड, प्रशासकीय प्रमुख पंकज भुर्तेल, नेकपाका नारद दुःखी, नेकाका हेमराज खरेल, जनमुक्तिका दिलीप राई, राप्रपाका लवकुश गिरीलगायत सहभागी थिए ।