दोभान युवाक्लवबाट रक्तदान « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

दोभान युवाक्लवबाट रक्तदान


यलम्वर टाइम्स
१७ बैशाख २०७७, बुधबार ०९:४२

अर्जुनधारा । अर्जुनधारा ४ स्थित दोभान युवाक्लवले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

गाउँघर क्लिनिकको हलमा कार्यक्रमको आयोजना गरी रगत संकलन गरेको हो । क्लबका अध्यक्ष टीका शिवाकोटीको सभापति र वडा नम्वर ४ का अध्यक्ष दुर्गा दाहालको प्रमुख आतिथ्यमा भएको रक्तदानमा वडा नम्वर ३ का वडा सदस्य होम दुलालले रक्तदान गरेर सुरुवात गरेका थिए ।

नगर युवा परिषद र रेडक्रस भद्रपुरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा स्थानीय समीर निरौला, सुर्यप्रसाद हुमागाई उद्धव कुवर, रोशन बस्नेत, लोकनाथ कट्टेल, युवराज ल्वागुन कविराज श्रेष्ठ लगायत २५ जनाले रगत दिएका थिए ।

कोभिड–१९ को महामारीमा रगतको अभाव कसैलाई नआईपरोस् भन्दै रक्तदान गरेको अध्यक्ष शिवाकोटीले जनाए ।