अर्जुनधारामा खोलाले बगाउदा एक बृद्धको मृत्यु « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

अर्जुनधारामा खोलाले बगाउदा एक बृद्धको मृत्यु


यलम्वर टाइम्स
२० बैशाख २०७७, शनिबार ०९:५८

सातकटेरी । अर्जुनधारा वडा नम्वर १ को सिरानमा रहेको सानो नेते खोलाले बगाएर आज एक बृद्धको मृत्यु भएको छ ।

सोही वडा सातकटेरी निवासी ६५ बर्षिया दुर्गाबहादुर खपाङ्गि मगरको बिहान खोलाले बगाएको थियो । छोेराबुहारीसँगै बस्दै आएका दुर्गा खोला तर्न खोज्दा बगाएको अनुमान गाउँलेले गरेका छन् ।

उनको शव घरबाट ७–८ मिटर तल बगरमा तैरिरहेको अवस्थामा छिमेकीहरुले भेटेका थिए । प्रहरीका अनुसार शवको अनुसन्धानपछि पोषमटमका लागि मेची अञ्चल अस्पतालमा लाने तयारी भएको छ ।