अर्जुनधारा १० मा थोपा अभियान « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

अर्जुनधारा १० मा थोपा अभियान


यलम्वर टाइम्स
२४ बैशाख २०७७, बुधबार ०८:०९

कालिस्थान । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण कोही पनि भोकभोकै बस्न र पीडामा जीवन व्यथित गर्न नपरोस् भन्ने उद्देश्यले अर्जुनधाराको वडा नम्वर १० मा थोपा कार्यक्रम भएको छ ।

फराकिला मन भएका महानुभावहरुले आफ्नो वडामा आएर राहत प्रदान गरी सहयोग गरे टोल समितिको उपस्थितिमा वितरण गरिने अध्यक्ष बलदेव गोम्देनले जानकारी दिए ।

अध्यक्ष गोम्देनले अगाडि भने, ‘हाम्रो वडामा यसरीनै सहयोग गर्ने दाताहरु आउनुभएको छ । उहाँहरुबाट प्राप्त सहयोगले करिब ११ सय जनालाई राहत वितरण गरेका छौं ।’

थोपा कार्यक्रममा अध्यक्ष गोम्देनले सहयोगी दाताहरुलाई धन्यवाद प्रदान गरेका थिए ।

यसरीनै अर्जुनधारा ६ निवासी समाजसेवी प्रकाश सुवेदी, विनम बस्नेत सुवेदीले रु २५ हजार बराबरको रासन सामान र तारा बस्नेत निरौला, मोहन निरौलाले रु १० हजार र सहयोगी भावना भएका बिर्तामोड निवासी बिजय बस्नेतले रु ५ हजार राहत प्रदान गरेका थिए ।

उनीहरुले प्रदान गरेका रकमबाट टोल टोलका विपन्न परिवारमा राहत पुग्ने नगर प्रवक्ता शकुन्तला बरालले बताइन् ।

कार्यक्रममा वडा सदस्य फिपराज कुरुम्वाङ, सीता परियार, लगायतले दाताहरुलाई धन्यवाद प्रदान गरेका थिए ।

सोही दिन टोल नम्वर २ का संयोजक कुलप्रसाद बरालको उपस्थितिमा १२ परिवारलाई राहत वितरण गरिएको थियो ।