पत्रकार राईलाई जस्तापात सहयोग « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

पत्रकार राईलाई जस्तापात सहयोग


यलम्वर टाइम्स
३० बैशाख २०७७, मंगलवार ११:०६

अर्जुनधारा । जस्तापाता नपाएर अधुरै रहेको पत्रकार इन्द्रकुमार राईको घर अब पूरा हुने भएको छ ।

सोमबार बिर्तामोड निवासी युवा व्यवसायी डिल्लीरमण र गीता शिवाकोटीले भने जस्तो महंगो निलो रङ्गको रू ४५ हजार बराबरको जस्तापाता प्रदान गरेपछि घरको छानो पूरा हुने भएको हो ।

पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीको पहलमा जस्तापाता जुटेको थियो ।

अर्जुनधारा नगरपालिकाले ट्रस लगाई दिने जिम्मा लिएको छ तर लकडाउनका कारण ट्रस लगाउन केही समय पर्खनु पर्ने भएको छ ।

प्रेस क्लब अर्जुनधाराको पहलमा सुरु भएको राईको घर अर्जुनधारा–४ निवासी समाजसेवी केदार पराजुलीले ८ धुर जग्गा र नगरपालिकाले रु १ लाख रकम दिए लगतै घर निर्माण कार्य सुरु भएको थियो ।

पत्रकार राईको घर अर्जुनधारा–४ स्थित बाँसबारीमा निर्माण हुँदैछ ।