२८ सामुदायिक विद्यालयमा अंग्रेजी तथा कम्प्युटर विषयको स्वयम्सेवक शिक्षक राखिने « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

२८ सामुदायिक विद्यालयमा अंग्रेजी तथा कम्प्युटर विषयको स्वयम्सेवक शिक्षक राखिने


यलम्वर टाइम्स
२२ जेष्ठ २०७७, बिहीबार ०६:११

अर्जुनधारा । प्राविधिक रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु अंग्रेजी तथा कम्प्युटर विषयमा कमजोर भएको महशुस गर्दै आगामी वर्षदेखि २८ सामुदायिक विद्यालयमा अंग्रेजी तथा कम्प्युटर विज्ञान विषयमा स्वयम्सेवक शिक्षक राख्ने भएको छ ।

नगरपालिकाको महत्वपूर्ण बैठकले उक्त निर्णय गर्दै कार्यविधि निर्माण गरेर स्वयम्सेवक शिक्षकहरु राख्ने निर्णय भएको हो ।

सामुदायिक विद्यालयमा विभिन्न निकायबाट कम्प्युटर प्रविधि जडान हुँदै जाँदा र स्मार्ट विद्यालय बनाउने नीतिमा अंग्रजी र कम्प्युटर विज्ञानलाई पनि प्राथमिकता दिँदै आएको हुँदा आगामी वर्षबाट नगरपालिकाले २८ वटै सामुदायिक विद्यालयलाई स्वयम्सेवक शिक्षकको व्यवस्थापन गर्न सके विद्यालयको गुणस्तर बढेर जाने भन्दै स्वयम्सेवक शिक्षक राख्न खोजिएको बैठकले पारित गरेको छ ।

विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापनादेखि विद्यालयको चुहीने छाना फेर्नका लागि नगरपालिले २५ प्रतिशत खर्च व्यहोर्ने गरी सामाजिक विकास मन्त्रालयसँग बेजट माग गर्ने समेत भएका छन् ।