‘एकका लागि एक’ अभियानलाई बुद्धशान्ति उधोग वाणिज्य संघको ३१००० « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

‘एकका लागि एक’ अभियानलाई बुद्धशान्ति उधोग वाणिज्य संघको ३१०००


यलम्वर टाइम्स
२४ जेष्ठ २०७७, शनिबार ०५:१७

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपाने झापासहित विभिन्न १८ वटा सामाजिक संघ संस्थाकोे सहयोगमा शुरु भएको ‘एकका लागि एक’ अभियानलाई वुद्धशान्ति उधोग वाणिज्य संघले ३१ हजार रुपैयाँ प्रदान गरेको छ ।

एक परिवारले अर्को एक विपन्न परिवारलाई सहयोग गर्ने अभियान अन्तर्गत वुद्धशान्ति उधोग वाणिज्य संघले उक्त रकमको चेक अभियानको साझेदारी संस्था विर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलाई हस्तान्तरण गरेको हो ।
बुद्धशान्ति उधोग वाणिज्य संघका अध्यक्ष रुद्र चापागाईं , पूर्व अध्यक्ष गोविन्द पौड्याल लगायतले उक्त चेक अभियानको साझेदारी संस्था विर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलाई हस्तान्तरण गरेका हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले जारी गरेको लकडाउनका कारण कोहीपनि भोकभोकै वस्नु नपरोस् भन्ने उद्धेश्यले एक परिवारले अर्को एक विपन्न परिवारलाई सहयोग गर्न झापामा शुरु गरिएको ‘एकका लागि एक’ अभियानको कोषमा यो रकमबाहेक हालसम्म ५७ लाख ४१ हजार ९२९ रुपैयाँ जम्मा भइसकेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए ।

अभियानलाई देश तथा विदेशमा रहका ५२ वटा संघसंस्था र ६२१ जना व्यक्तिले आर्थिक सहयोग गरेको र अभियानको कोषमा हाल १८ लाख ६४ हजार ६९६ रुपैयाँ बचत रहेको उनले बताए ।