अर्जुनधारा–७ को खेल मैदानको स्तरोन्नतिका लागि ७१ लाख « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

अर्जुनधारा–७ को खेल मैदानको स्तरोन्नतिका लागि ७१ लाख


यलम्वर टाइम्स
२५ जेष्ठ २०७७, आईतवार ०९:३५

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ७ विरिङ नजिकको खेल मैदानको स्तरोन्नतिका लागि ७१ लाख विनियोजन भएको छ ।

खोला किनारमा निर्माण हुँदै आएको खेल मैदानको संरक्षण समाज उद्धार कल्याण संघले गर्दै आएको हो ।

उक्त खेल मैदानमा समाज उद्धार कल्याण संघ र स्थानीय नेता तथा वडाको पहलमा योजना अनुसार पहिलो चरण खेल मैदानको परिसरलाई घेराबारा गर्नका लागि सो रकम विनियोजन भएको सचिव मेधनी ढुंगेलले यलम्वर टाइम्सलाई बताए ।

स्वास्थ्य नै अमूल्य धन भएको हुँदा यस क्षेत्रको खेल प्रेमी महानुभावहरुलाई ध्यानमा राख्दै संघले खेल मैदानलाई उच्च प्राथमिकता दिँदै आएको थियो ।

एक हप्ता यताबाट उक्त खेल मैदानको परिसरमा घेराबारा लगाउने काम हुँदै आएको छ । संघका कार्यवाहक अध्यक्ष कमल सुवेदीका अनुसार खेल मैदानलाई संरक्षण र राम्रोसँग विकास गर्दै लगे रंगशाला निर्माण गर्न सकिने जनाए ।

५ कठ्ठा ८ धुरमा रहेको सो खेल मैदान असार मसान्तसम्म घेराबारा गरिसकिने जानकारी दिए ।

खेल मैदानमा दैनिक सयभन्दा बढी फुटबल, तेक्वान्दो, र क्रिकेट खेल्नेहरुको जमघट हुने गरेको छ ।